४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी छानीवन समितिले पीडक पक्षसँग पनि छलफल गर्ने



अ+ अ-

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानवीन गर्न गठित विशेष संसदीय समितिले सहकारी ठगीका पीडक पक्षसँग पनि छलफल गर्ने भएको छ ।

सोमवार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सहकारी ठगी प्रकरणका पीडक पक्षसँग छलफल गर्ने निर्णय गरेको हो । समितिले विभिन्न जेलमा रहेका सम्बन्धित पीडकहरुलाई आवश्यक छलफल गर्नका लागि समितिमा उपस्थित गराउनका लागि गृह मन्त्रालयलाई आग्रह गरिएको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिनुभयो । उहाँले समिति निष्कर्षोन्मुख रहेको भन्दै अन्तिममा पीडकहरुसँग छलफल गरेर निर्णय प्रक्रियामा जाने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘करिब करिब हामी निष्कर्षतिर जान खोज्दैछौँ । पर्याप्त सुझावहरु हामीले लिइसकेका छौँ । प्रमाणहरु पनि जुटाइसकेका छौँ । अब जे–जे जुटेका छन् ति प्राप्त प्रमाणहरु र सुझावहरुका आधारमा हामीले प्रतिवेदन तयार गर्ने प्रक्रियाको शुरुवात गर्न लागेका छौँ आजबाट । अब पीडक पक्षसँग छलफल गर्न बाँकी छ । पीडक पक्षसँग पनि छलफल गर्ने जो विभिन्न जेलहरुमा छन्, विदेशमा छन् । गृहमन्त्रालयलाई आदेश पनि दिइसकेका छौँ कि हामीले, पीडकहरु जो छलफल गर्नका लागि आवश्यक छन् । ति सम्बन्धित पीडकहरुलाई समितिको कार्यालयमा उपस्थित गराउने भनेर आज हामीले एउटा निर्णय गरेका छौँ । अब अन्तिम पीडकहरुसँग छलफल गरिन्छ । त्यसपछि निर्णय प्रक्रियामा गइन्छ ।’

उहाँले समितिले प्राप्त गरेको प्रमाण र सुझावहरुको आधारमा प्रतिवेदन तयार गर्न शुरु गरिएको बताउनु भयो ।