१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रतिनिधिसभा बैठक: बाढी र पहिरोको कहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा बैठक: बाढी र पहिरोको कहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न स्थानमा देखिएका समस्या समाधान गर्न संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । प्राकृतिक जोखिम तथा विपद् व्यवस्थापन, राहत तथा उद्धारलगायतका काम प्रभावकारीरुपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आजको बैठकको आकस्मिक समयमा बोल्नुहुँदै सांसद सूर्यबहादुर थापा क्षेत्रीले देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका कारण जनजीवन प्रभावित भएको विषय संसदमा उठाउनुभयो । बाढी र पहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने उहाँको माग थियो ।

सांसद माया राईले भोजपुरका विभिन्न स्थानमा बाढी तथा पहिरोको समस्या भएको विषय संसद्मा राख्नुभयो । अर्का सांसद हेमराज राईले बाढी, पहिरो र डुबानका कारण देशभरी धनजनको क्षति भएकाले पीडितलाई राहत तथा क्षतिपूर्तिको माग गर्नुभयो । बाढी र पहिरोबाट भएको यकीन क्षतिको विवरण संसद्लाई जानकारी गराउन पनि उहाँले सरकारसँग माग गर्नुभयो । त्यस्तै, इर्खुवा खोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको र निर्माणाधिन चारवटा जलविद्युत् आयोजना पूर्णरुपमा बगाएको विषय उहाँले संसद्मा उठाउनुभयो ।

सांसद गंगा कार्कीले बाढी र पहिरोका कारण दोलखालगायतका विभिन्न स्थानमा सडक अवरुद्ध भएकाले सडक खुलाउन शीघ्र कदम चालिनुपर्ने माग गर्नुभयो । प्राकृतिक प्रकोप नियन्त्रण तथा व्यवस्थापनका लागि स्थानीय सरकारले काम गर्न नसकेकाले विपद् व्यवस्थापनको जिम्मेवारी प्रदेश र सङ्घ सरकारले लिनुपर्ने उहाँले बताउनुभयो । सांसद प्रेमबहादुर महर्जनले बाढीका कारण काठमाडौँ उपत्यकाका नदीमा पानीको प्रवाह बढेर विभिन्न स्थान डुबानमा परेको बताउनुभयो ।

सांसद माधव सापकोटाले नेपाल विद्युत् प्राधिकरणका दुई जना सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर सरकारले देवेन्द्र कार्की र महेन्द्र गुरुङलाई नियुक्त गरेको विषय माथि आपत्ति जनाउनुभयो । त्यस्तै, डेडिकेटेड र ट्रङ्कलाईन बक्यौता असुलि सम्बन्धमा सार्वजनिक लेखा समितिको भूमिका माथि उहाँले प्रश्न गर्नुभयो । साथै सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलले पाउनुपर्ने माग राख्नुभयो ।

सांसद सोभिता गौतमले आफ्नो निर्वाचन क्षेत्र भ्रमणका क्रममा आफुमाथि अभद्र व्यवहार भएको विषय जानकारी गराउनुभयो । यस्तो व्यवहारबाट आफुलाई असुरक्षा महशुस भएको सांसद गौतमको भनाइ थियो ।

सांसद तारा लामा तामाङले जङ्गली जनावरको आक्रमण बढेको र बालीनालीमा क्षति पुर्‍याइरहेको विषय राख्नुभयो । कञ्चनपुरमा बाघको आक्रमणबाट गत हप्तामात्रै एक जनाले ज्यान गुमाएको र पछिल्लो डेढ वर्ष अवधिमा तीन जनाले बाघको आक्रमणबाट ज्यान गुमाएको उहाँले बताउनुभयो । अर्का सांसद रणेन्द्र बरालीले बाघको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको र चितवनमा एक जना घाइते भएको उल्लेख गर्नुहुँदै मानव र जङ्गली जनावरबीच द्वन्द्व बढेको बताउनुभयो ।

सांसद डा अमरेशकुमार सिंहले सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकार जिम्मेवार र गम्भीर हुन नसकेको आरोप लगाउनुभयो । त्यस्तै, केही लगानीकर्ताकर्ताले ‘इन्साइडर ट्रेडिङ’ गरेको र केही कम्पनीको शेयर मूल्यमा चलखेल भइरहेको बताउनुभयो । लगानीकर्ता र धितोपत्र दलालले चलखेल गरिहेको उहाँको भनाइ छ । अनलाईन र सामाजिक सञ्जालबाट लगानीकर्तालाई गलत सूचना दिई भित्री कारोबार भइरहेको उहाँले उल्लेख गर्नुभयो । शेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ र ‘कर्नरिङ’ भएको विषयमा छानबिन समिति गठन गर्न उहाँले माग गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नु हुनेछ ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । रासस