५ मंसिर २०८१, बुधबार
,
Latest
१४ वर्षपछि भारत आउँदै मेसी चार महिनामा भारतमा १२ अर्ब ७२ करोड रुपैयाँको बिजुली निर्यात कार्यकारीलाई सबै अधिकार दिँदा विद्युत प्राधिकरणका समस्या समाधान गर्न सकिएनः मन्त्री खड्का विवाहपञ्चमीमा जन्ती स्वागतको तयारी गर्दै स्थानीय तह २२ ग्रान्ड स्लाम च्याम्पियन नाडालले टेनिसबाट सन्यास लिए पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो जलवायु परिवर्तनबाट हुने संकटलाई कम गर्न सरकार प्रतिवद्ध छः वनमन्त्री शाही २९ वर्षपछि श्रीमती सायरासँग अलग भए एआर रहमान सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएन गाजा युद्धविरामका लागि अमेरिकी योजनाका विच राष्ट्रसङ्घ पुनः मतदानका पक्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमाले अनुकुलको संविधान संशोधन कदाचित मान्य हुनेछैन: सन्तोष परियार



अ+ अ-
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आफू अनूकल संविधान संशोधन गर्ने सत्तारुढ गठबन्धनको सहमति मान्य नहुने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रमुख सचेतक परियारले सरकारले राज्यका सबै निकायमा समावेशी हुनेगरी प्रतिनिधित्व गराउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले सरकारले समावेशीताको आधारमा राज्यका सबै अंगमा नियुक्ति गर्नुपर्ने व्यवस्थालाई लत्याएको आरोप समेत लगाउनु भयो । प्रमुख सचेतक परियारले संविधानले समावेशीतालाई जोड दिएपनि सरकारले सोही अनुसार काम गर्न नसकेको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधानको मूलभूत आशय समावेशितालाई अहिले राजनीतिक पार्टीहरुले नै लत्याईरहेका छन् । संविधान आफैले काम गर्ने होइन । संविधान एउटा सामाजिक करार हो । त्यो अनुसार राजनीतिक पार्टी र व्यवस्था चल्नुपर्छ सभामुख महोदय । तर राजनीतिक पार्टीहरु आज त्यो सामाजिक करारलाई मानिरहेका छैनन् । म सम्माननीय सभामुख महोदयमार्फत राजनीतिक पार्टीहरुको ध्यानाकर्षण गराउन चाहन्छु–१४ प्रतिशत लगभग रहेको दलित समुदाय सबैतिरबाट वञ्चित गर्ने यो कस्तो खालको राजनीतिक प्रवृत्ति हो ? संविधान अनुसार काम नगर्ने, आफू अनुकुल संविधान संशोधन गर्न खोज्ने कदाचित मान्य हुने छैन । राष्ट्रिय स्वतन्त्र पार्टी यो सरकारले समावेशितालाई नबुझेको कुरामा घोर भत्र्सना गर्दछ । र सरकारका सबै निकायहरुमा समावेशितालाई प्राथमिकतामा राखेर काम गर्न ध्यानाकर्षण गराउँछ ।’
प्रमुख सचेतक परियारले सरकार संविधानअनुसार अघि बढ्न नसकेको जिकिर पनि गर्नुभयो ।