• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo

आम जनतालाई ठगी गर्ने शेयर कारोबारमा संलग्न कम्पनीमाथि सरकारले तत्काल छानविन गर्नुपर्छ: सांसद सिंह



काठमाडौँ । प्रतिनिधि सभाका सांसद डा अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानविन गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा बिना आधार शेयर बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानविन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने उहाँको भनाई थियो । सांसद सिंहले आम जनतालाई गुमराहमा राख्ने कुनैपनि सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि नियमनकारी निकायहरुले पनि कडा निगरानी राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘म नेपाल सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु–गरिव जनतामाथि ठगी गरेर शेयर बजारमा कृत्रिम ढंगले अघि बढाएर आम जनतालाई ठग्ने काम बन्द होस । सरकारले यसलाई रेगुलेट गरोस् । छानविन समिति बनाएर त्यस्ता कृतिम ढंगले सेयर कारोबार गर्ने कम्पनीहरु छ, कसले जनतालाई गुमराहमा पार्ने काम गरेको छ ? तिनीहरुलाई कारबाहीको लागि छानविन समिति गठन गर्न सरकारसँग माग गर्दछु ।’

शेयर बजारमा कृतिम ढंगले काम गर्ने कुनैपनि कम्पनीलाई सरकारले कारबाहीको दायरामा तत्काल ल्याउनुपर्ने सांसद सिंहले बताउनु भयो ।