काठमाडौ । प्रधानमन्त्री एबं संबैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले आईतबार बिहान नै बजेका लागि बोलाउनु भएको परिषद्को बैठकमा प्रमुख प्रतिपक्षदलका नेता शेर बहादुर देउवा सहभागि नहुने भएपछि बैठक सर्ने भएको छ । तनहुमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल माथी राज्य पक्षबाट भएको ज्यादतीको बिरोधमा सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने पूर्व निर्धारित कार्यक्रम भएकै दिन परिषद्को बैठक बोलाएका कारण देउवा सहभागी नहुने जानकारी प्रधानमन्त्रीलाई गराईएको देउवा निकट नेताले जानकारी दिनुभयो ।
काग्रेस सभापति देउबाले केही दिनलाई बैठक सार्न प्रधानमन्त्री ओलीलाई खबर गरिसक्नु भएको छ । सनिबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकमा पनि शुक्रबार साँझ प्रधानमन्त्री ओली संग भेट गरेकामा केही सदस्यले आपत्ति जनाउदै विरोध प्रदर्शनका दिन परिषद्को बैठकमा सहभागि नहुन सुझाब दिएका छन् ।











