७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

प्रधानमन्त्रीको वचन समयअगावै पूरा हुँदा…

प्रधानमन्त्रीको वचन समयअगावै पूरा हुँदा…
अ+ अ-

– रवीन्द्र काफ्ले
पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित इवा स्वास्थ्यचौकी तीन वर्षअघि नयाँ भवनमा सर्यो । नयाँ पक्की भवन बनेपछि स्वास्थ्यचौकी करिब १०० मिटरमाथि स्थानान्तरण भयो । यसपछि उक्त स्वास्थ्यचौकीका तीनवटा भवन, शौचालयलगायत संरचना प्रयोगविहीन भए । नयाँ पक्की भवनमा स्वास्थ्यचौकी सरेपछि पुराना भवनमा कसैको ध्यान गएन । झार पलाउन थाल्यो, स्थानीयवासीले भवन भत्किएर जाने आकलन गर्न थाले ।

गत वर्ष फागुन ११ आफ्नो ६९औँ वार्षिकोत्सव आफ्नो जन्मस्थानमा बिताउने उद्देश्यसहित प्रधानमन्त्री केपी शर्मा ओली पुख्र्यौली घर आठराई–४ इवा आउनुभयो । कतिपयले आलोचनासमेत गरेको उहाँको जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीले इवामा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेर फर्कनुभयो । प्रधानमन्त्रीको घोषणालाई विश्वास नगरिरहेका स्थानीयवासी जब स्वास्थ्यचौकीको पुरानो भवनलाई उजिल्याउन थालियो, तब भने आश्चार्यमा परे । सबैको जिज्ञासा थियो, यहाँ के हुन लागेको होला ?

नेताहरुका आश्वासन वर्षौँसम्म पूरा हुँदैनन् भन्ने सुनेका उनीहरु पुरानो भवनमा प्राविधिक शिक्षालय सञ्चालनको शुरुआत हुने सुनेपछि उक्त कुरामा विश्वास गर्न छाडे । प्रधानमन्त्रीको घोषणाको आठ महिना नबित्दै पुराना भवन मर्मत भए । नवौँ महिनामा यहाँ प्राविधिक शिक्षालयका आन्तरिक संरचना तयार पारिए । प्राध्यापक आए, विद्यार्थी भर्ना आवदेन लिइयो, अध्ययन गर्न पाउने विद्यार्थीको सूची सार्वजनिक भयो ।

शुक्रबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधर राईबाट बहुप्राविधिक शिक्षालयको औपचारिक उद्घाटन भएपछि यहाँका गणेश प्रसाईँले भन्नुभयो, “साँच्चै नेताहरुले चाहँदा जे पनि हुनेरहेछ । अब बहुप्राविधिक शिक्षालयले यहाँको अवस्था बदल्ने छ ।” शिक्षालय सञ्चालनमा ल्याइएको पुरानो भवन, रनदल आधारभूत विद्यालय र वडा कार्यालय रहेको चोकमा व्यवसाय सञ्चालन गर्ने प्रसाईँ मात्रै होइन, दुर्गम इवामा बहुप्राविधिक शिक्षालय स्थापना भएपछि तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकाका सबै स्थानीयवासी खुशी भएका छन् ।

स्थानीयवासीले सोचेका थिए– बहुप्राविधिक शिक्षालयका लागि भवन बन्ला अनि पढाइ शुरुआत होला तर आजदेखि यहाँ ८० विद्यार्थीले बाली विज्ञान र पशु विज्ञान विषय पढ्न थाल्नेछन् । “प्रधानमन्त्रीको यहाँ जन्म हुनु नै हाम्रो ठूलो भाग्य रहेछ”, इवाका नरेन्द्रकुमार इङ्नामले भन्नुभयो, “प्रधानमन्त्रीकै पहलमा यहाँ बहुप्राविधिक शिक्षालय स्थापनाले आम आठराईवासी खुशी छौँ ।” दुर्गम क्षेत्रका निकै कम विद्यार्थीले मात्रै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने गरेको तर त्यसका लागि टाढा पुग्नुपर्ने र ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था अन्त्य भएको इङ्नामको भनाइ छ । यहाँ स्थापित शिक्षालयले तेह्रथुमसहित छिमेकी जिल्ला पाँचथर र ताप्लेजुङका विद्यार्थीले समेत कम खर्चमा प्राविधिक शिक्षा लिने अवसर पाउनेछन् ।

आठराई–४ का वडाध्यक्ष श्यामकुमार भट्टराई प्रधानमन्त्रीले जन्मदिनको अवसरमा गर्नुभएको घोषणाको प्रतिफलस्वरुप बहुप्राविधिक शिक्षालय स्थापना भएको बताउनुहुन्छ । “तेह्रथुममा कुनै पनि प्राविधिक शिक्षालय नभएका कारण हामीले पटक–पटक यसबारे आवाज उठाउँदै आएका थियौँ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो, “प्रधानमन्त्रीले जन्मदिनमा घोषणा गर्नु भएअनुसार नौ महिनामै प्राविधिक शिक्षालयमा पठनपाठन शुरुआत भएको छ ।” प्रधानमन्त्री ओलीको घोषणाअनुसार उहाँको जन्मघर छेउ तीनसल्लेमा तत्कालै भवन निर्माण पूरा नभएको अवस्थामा अस्थायीरूपमा शिक्षालय स्थापना भई पठनपाठन शुरु हुनु झनै खुशीको विषय रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले औपचारिक शिक्षाको शुरुआत गर्नुभएको इवास्थित प्रणामी माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकी यहाँ प्राविधिक शिक्षालय स्थापनाले पूर्वी पहाडका आम सर्वसाधारण खुशी भएको बताउनुहुन्छ । “यहाँका नानीहरु बाहिर गएर पढ्नुपथ्र्यो, विज्ञान सङ्काय कहीँ पढाइ हँुदैनथ्यो”, बुढाथोकीले भन्नुभयो, “आफ्नै ढिँडोरोटो खाएर आफ्नै ठाउँमा पढ्न पाएका छन् । यो अत्यन्तै खुशीको कुरा छ ।” आफ्नी छोरीलाई करिब रु एक लाख ८० हजारमा प्राविधिक शिक्षा पढाइरहनुभएका प्रधानाध्यापक बुढाथोकी आठराईमा करिब रु ५० हजारको लागतमा सोही तह पठनपाठन हुने कुराले झनै दङ्ग हुनुहुन्छ । प्रधानमन्त्री जन्मगाउँबाट शुरुआत भएको प्राविधिक शिक्षा विस्तारको कार्य देशका अन्य गाउँमा समेत पुगी बेरोजगार उत्पादन गर्ने शिक्षाको अन्त्य हुने उहाँको विश्वास छ ।

तेह्रथुम बुहप्राविधिक शिक्षालय तेह्रथुमका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्अन्तर्गत इवामा ५९औँ बहुप्राविधिक शिक्षालय स्थापना भएको हो । यहाँ कृषि विज्ञानअन्तर्गत बाली विज्ञान र पशु विज्ञानको अध्यापन हुनेछ । यहाँ तत्कालै ८० विद्यार्थी रहनेछन् । शिक्षालयमा केही प्राध्यापक तथा कर्मचारी नियुक्त गर्न बाँकी रहेको भट्टराईले बताउनुभयो । प्रधानमन्त्री ओलीको जन्मस्थान तीनसल्लेमा ‘केपी ओली ट्रष्ट’ले शिक्षालयलाई ३० रोपनी जमिन उपलब्ध गराइसकेको छ । तर उक्त स्थानमा भवन निर्माणका लागि गुरुयोजना निर्माण मात्रै सम्पन्न भएको छ । “विस्तृत परियोजना प्रतिवेदन निर्माण हुनेबित्तिकै भवन निर्माण अघि बढाउछौँ”, भट्टराईले भन्नुभयो, “अहिले उपयुक्त ठाउँका रूपमा स्वास्थ्यचौकीका पुराना भवन र एक सामुदायिक भवन भेटिएपछि यहाँ अध्यापन शुरुआत गरिएको हो ।”

दुर्गम ठाउँ भए पनि यहाँ ८० जनाको कोटामा १३६ विद्यार्थीले अध्ययनका लागि आवेदन दिएका थिए । उनीहरुमध्ये माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षामा प्राप्त अङ्कका आधारमा ८० जना छनोट भएका छन् । असीभन्दा कम विद्यार्थी हुने आकलन गरिए पनि धेरै आवेदन आउनुले प्राविधिक शिक्षामा विद्यार्थी तथा अभिभावकको आकर्षण कति छ भन्ने स्पष्ट भएको भट्टराई बताउनुहुन्छ । यहाँ कतिपय अप्राविधिक विषयको अध्यापनका लागि स्थानीय शिक्षकहरुको समेत सहायता लिइने भएको छ ।

तेह्रथुम बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध मुलुकका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्ने हुँदा यस्ता जनशक्ति उत्पादनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । “दक्ष जनशक्तिले एक त राष्ट्रलाई समृद्ध र सबल बनाउन सहयोग गर्ने भए, अर्को आफैँ स्वरोजगार हुने भए”, मुख्यमन्त्री राईले भन्नुभयो, “त्यसैले प्रदेश सरकारले आफैँ पनि बहुप्राविधिक विश्वविद्यालय निर्माणको अवधारणा अघि सारेको छ ।”

ग्रामीण बस्तीमा यस प्रकारका ठूला संरचना निर्माणले त्यहाँ व्याप्त बेरोजगारी, अशिक्षा, पछौटेपन, पूर्वाधार अभाव, बसाइँसराइजस्ता समस्या समाधानमा सहयोग पुग्ने सामाजिक क्षेत्रका जानकार बताउँछन् । इवाका व्यवसायी प्रसाईँ दैनिक ८० विद्यार्थीसहित न्यूनतम १०० जनाको चहलपहल हुँदा स्थानीयस्तरमा आर्थिक तथा व्यापारिक कारोवार बढ्ने र सेवा तथा सुविधा थपिँदै जानेमा आशावादी देखिनुहुन्छ ।