७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

चिसापानी बजारको सार्वजनिक जग्गा व्यक्तिका नाममा

चिसापानी बजारको सार्वजनिक जग्गा व्यक्तिका नाममा
अ+ अ-

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने वडा नं ५ चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तिले हडपेर निजी बनाएको खुलेको हो । चिसापानी बजारभन्दा माथि रहेको करिब तीन रोपनी सार्वजनिक जग्गा चार व्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाइएको छ । व्यक्तिको नाममा रहेको उक्त जमिनमा विसं २०३८ तिर नै चिसापानी बजारका स्थानीय बासिन्दाका लागि खानेपानीको ट्याङ्की बनाइएको थियो ।

विसं २०४२ मा नापी टोलीमा आएका कर्मचारीसँग मिलेर स्थानीय सुक्रिम राई, प्रेमबहादुर बस्नेत र जग्गा नाप्न गएका दास थरका अमिनले आफ्नो नाममा दर्ता गरेको पाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिनुभयो । “चिसापानी बजार क्षेत्रमा खानेपानीको ट्याङ्कीसमेत निर्माण गरिएको जग्गा कसैलाई जानकारी नै नदिई दर्ता गरेका रहेछन्”, उहाँले भन्नुभयो, “जग्गाधनी हुँ भन्दै सुक्रिम राईको छोरा शिवकुमार राईले स्काभेटर लगाउन आउँदा मात्र सो जग्गा व्यक्तिको नाममा दर्ता गरिएको रहेछ भन्ने थाहा भयो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

भूमिसम्बन्धी ऐन २०२१ को परिच्छेद ७ को मोहीसम्बन्धी व्यवस्थाको दफा २५ को मोहीको हक प्राप्त हुने अवस्थाको १ अनुसार नेपाल सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको जनाइएको छ । विसं २०४२ मा आएकोे नापी कार्यालयमा दर्ता गर्न आएका कर्मचारीलाई प्रलोभनमा पारेर मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको गाउँपालिकाको जिकिर छ ।

गाउँपालिका प्रमुख राईले मालपोत ऐन, २०३४ को परिच्छेद ७ को जग्गा आवाद गर्नेसम्बन्धी व्यवस्थाको दफा २४ को उपदफा १ अनुसार निज व्यक्तिहरुले कसुर गरेको भन्दै अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको जानकारी दिनुभयो । मालपोत ऐन, २०३४ को केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ मा व्यवस्था भएअनुसार उक्त जग्गाको विसं २०२१ मा उतारिएको ७ नम्बर फाँटवारीमा नेपाल सरकारको स्वामित्व देखिने भएकाले सो जग्गा व्यक्तिले हडप्न नमिल्ने गाउँपालिका प्रमुख राईको भनाइ छ ।

स्थानीय सर्वसाधारण तथा चिसापानी बजारका बयोवृद्धहरुले समेत सो जग्गा कसैको भोगचलनमा नरहेको सरकारको नाममा खाली बाँझो चौरी रहेको बताएका छन् । उता तत्कालीन समयमा जग्गा आफ्नो नाममा दर्ता गर्नेहरुमध्येका प्रेमबहादुर बस्नेतले भने उक्त जग्गा सोही ठाउँमा बस्ने माथवरसिं राउतलाई बिक्री गरिसकेका छन् । राउतले सो जग्गा सरकारी नै रहेको थाहा भएकाले प्रक्रिया मिलाएर फिर्ता गर्ने बताएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो । 

जग्गाको प्रकृति र पुरानो प्रमाणहरु बुझ्दा सो जग्गा सार्वजनिक नै ठहरिने देखिएको र त्यसबेला जालझेल गरेर व्यक्तिको नाममा दर्ता गरेको बुभिएकाले सो जग्गा फिर्ता गर्न राउत तयार भएका छन् । छ वडा रहेको उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा खोजी गर्ने अभियान शुरु गरेको छ । 

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा खोजीकार्य शुरु गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहमा रहेका गुठी तथा मठमन्दिरको नाममा रहेको सार्वजनिक जग्गा स्थानीय बासिन्दाले आफ्नो नाममा दर्ता गरेको पाइएको छ ।