७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सकसः शक्ति संघर्ष झन् उत्कर्षमा



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक शक्ति संघर्ष झन् उत्कर्षमा पुगेको छ । सचिवालय बैठकले जारी विवाद हल गर्न नसकेपछि स्थायी समिति बैठकमा छलफल शुरु भएको छ । सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोपसहितको फरक–फरक लिखित प्रतिवेदन पेस गरेपछि विवाद झनै उत्कर्षमा पुगेको छ ।

सचिवालयमा बहुमत सदस्यले प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनप्रति समर्थन जनाएपछि थप निकास निकाल्न दुवै प्रतिवेदन स्थायी समिति बैठकमा प्रस्तुत गरिएको छ । मंसिर २० गते बसेको सचिवालय बैठकले दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएर समस्या समाधानका लागि गृहकार्य अगाडि बढेको थियो । तर सात दिनको अवधिमा ओली र प्रचण्डका बीचमा एकपटक मात्र छलफल भए पनि कुनै ठोस सहमति जुट्न सकेन ।

अध्यक्ष ओलीले मिलेर अगाडि जान प्रचण्डसँग आग्रह गरे पनि जारी विवादको मुद्दा स्थायी समिति बैठकमा रहेकाले बैठकले गर्ने निर्णयअनुसार नै अगाडि बढ्नुपर्ने अडान राख्नुभएको छ । स्थायी समिति बैठकमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बहुमत रहेको छ । स्थायी समिति बैठकले निर्णय गरेको अवस्थामा प्रचण्डको प्रस्ताव स्वतः पारित हुने एक स्थायी समिति सदस्यले बताए । सात दिनको अवधिमा दुवै पक्ष आ–आफ्नो रणनीति तयारीमा जुटेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफूनिकट नेताहरुसँग जारी विवादमा कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्नुभएको बताइएको छ । स्थायी समिति बैठकमा रक्षात्मक अवस्थामा रहनुभएको छ ।

प्रचण्ड नेपाल पक्षले ओलीले अध्यक्ष वा प्रधानमन्त्री एक पद छोड्नुपर्ने रणनीतिलाई बटमलाइन बनाएको छ । तर अध्यक्ष ओलीले कुनै पनि हालतमा दुवै पद नछोड्ने अडान लिनुभएको छ । स्थायी समिति बैठकमा चिठीमार्फत सम्बोधन गर्नुभएका अध्यक्ष ओलीले प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता लिनुपर्ने अडान राख्दाराख्दै पनि स्थायी समिति बैठक अगाडि बढेको छ ।

अध्यक्ष ओलीले सात दिनको अवधिमा प्रचण्ड र माधव नेपाललाई फकाउने कोसिस गरे पनि असफल भएको नेपालनिकट एक नेताले बताए । उनले भने– ‘ओलीले यसअघिको विवादमा एउटा पक्षलाई फकाएर आफ्नो पक्षमा निर्णय गराउँदै आउनुभएको थियो, यसपटक सबै नेताहरु ओलीको कार्यशैलीविरुद्ध एक ठाउँमा उभिएसँगै स्थायी समितिले ठोस निर्णय लिएर अगाडि बढ्छ ।’

अध्यक्ष ओलीले गत कात्तिक २६ गते स्थायी समिति बैठकले गरेको निर्णय पालना गरेर आफू अगाडि बढ्नुपर्ने प्रस्ताव राख्नुभएको छ । प्रचण्ड नेपाल पक्षले भने अध्यक्ष वा प्रधानमन्त्री एउटा मात्र पद लिन दबाब दिँदै आएको छ ।

शीर्ष तहमा कुनै पनि समझदारी बन्न नसकेपछि आजलाई नेकपाको स्थायी समिति बैठक बोलाइएको छ । बैठकमा दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि स्थायी समिति सदस्यहरुले आ–आफ्नो धारणा राख्ने एजेन्डा तय भएको छ । स्थायी समिति बैठकमा अध्यक्ष ओली भने सहभागी नहुने बताइएको छ । बैठकमा ओलीले प्रस्तुत गर्नुभएको ३८ र प्रचण्डले पेस गर्नुभएको १९ पेजको प्रतिवेदनमाथि नेताहरुले धारणा राख्नेछन् ।

नेकपा स्थायी समिति सदस्य मणि थापाले पार्टीभित्र देखिएको विवाद स्थायी समिति बैठकले समाधान गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टीभित्र विचार र सिद्धान्तको विवाद छैन, कार्यशैलीको विषयमा समस्या सृजना भएको हो, बैठकले पार्टी एकतालाई थप मजबुत बनाउने गरी निर्णय लिन्छ ।’ नेपाल समाचारपत्र दैनिक