• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुरस्थित महेन्द्र शान्ति माविको भवन उद्घाटन ★   तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन ★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

हाम्रो लक्ष्य पूरा भइसकेको छैन–कप्तान अरुणा शाही



काठमाडौँ । नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भारतविरुद्धको ऐतिहासिक जितमा नै आफ्नो टोली सीमित नरहने बताएका छन् ।

भारतविरुद्ध पहिलो पटक जित निकाल्नु खुशीको क्षण रहे पनि आफ्नो टोलीको लक्ष्य अभैm पनि बाँकी रहेको उल्लेख गर्दै उनले लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने बताएका हुन् । नेपालले शनिवार भारतमाथि ३–२ को जित निकाल्दै छिमेक प्रतिद्वन्द्वीविरुद्ध पहिलो पटक सफलता पाएको हो । यद्यपि नेपालकी कप्तान अरुणाले समूहचरणका खेल बाँकी रहेको अबको लक्ष्य इरानजस्तो बलियो टोलीलाई हराउनु पनि रहेको उल्लेख गरेकी हुन् ।

साथै उनले जितबाट धेरै उत्साहित नभई सेमिफाइनल र फाइनलतर्फको खेलमा ध्यान दिने पनि धारणा राखिन् । यद्यपि, जितबाट तत्काल धेरै खुसी भएको समेत प्रतिक्रिया दिइन् । राम्रो सुरुआतका बाबजुद लय बिग्रिए पनि रिकर्भर गर्न सफल भएको अरुणाको भनाइ थियो ।

नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले सन् २०१६ पछि नेपाली महिला भलिबलको स्तर क्रमश वृद्धि भइरहेको प्रतिक्रिया दिएका छन् । भारतविरुद्ध पछिल्लो पटक कडा प्रतिष्पर्धा हुँदै आएपनि जित्न नसकेको उल्लेख गर्दै प्रशिक्षक भट्टले शनिवार जित निकाल्दै इतिहास रचेको बताएका छन् ।

यद्यपि, उनले बलियो टोली इरानविरुद्ध खेल्न बाँकी रहेकाले उपाधिका लागि धेरै मेहनत गर्न बाँकी रहेको बताए । उनले पनि यो जितबाट धेरै थोक पाइसकेको महसुस आफ्नो टोलीले नगर्ने स्पष्ट पारे ।

भारतीय टोलीका प्रशिक्षक जाई नारिनले शुरुवातमा सेट गुमाए पनि आफ्नो टोलीले फाइट ब्याक गरेको बताए । यद्यपि निर्णायक सेटमा केही गल्ती हुँदा खेल गुमाउनु परेको समेत बताए । यद्यपि, फाइनलमा पुन: चुनौती दिने उनको विश्वास छ । भारतीय टोलीकी कप्तान अनुश्रीले नेपाललाई फाइनलमा हराउने अर्को अवसर पनि रहेको बताइन् । नेपाली दर्शकका बीच खेल्दा धेरै दबाब पनि नरहेको उनको भनाई थियो ।