१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसामा खाडी र मलेसिया भ्रमणमा रोक लगाउने आदेश संशोधन



अ+ अ-

काठमाडौँ । सरकारले खाडी राष्ट्र र मलेसिया भ्रमणमा रोक लगाउने यसअघिको आदेश संशोधन गरेको छ । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै माघ १० गते सोमबारदेखि भिजिट भिसामा ती राष्ट्रहरुमा जान लगाइएको प्रतिबन्धमा संशोधन गरिएको हो । 

उनका अनुसार सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघ/संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधि, बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जानेहरुका लागि अनुमति दिइनेछ । 

सरकारले कोरोना संक्रमण र अन्य कारण देखाउँदै अर्को आदेश नभएसम्मका लागि माघ १० देखि खाडी र मलेसिया भ्रमणमा जान रोक लगाउने निर्णय गरेको थियो ।