९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकको २ शाखारहित बैकिङ्ग सेवा बिस्तार



अ+ अ-

काठमाडौं ।सनराइज  बैंक लिमिटेडले  बैकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैकिङ्ग सुविधा पु-याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा माघ ७ शुक्रबार बैंकले प्रदेश ३, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.१४ फुलासीमा ८४ औं शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको थियो । साथै शनिबार बैंकले प्रदेश १, ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका वडा नं. १ कुन्तादेविमा ८५ औं शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८५ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी फुलासीका श्री बसन्त कुमार लामा र कुन्तादेविका श्री लाल प्रसाद ढकाललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैकिङ्ग बाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।