१९ माघ २०८१, शनिबार
,
Latest
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणकाजीलाई गिरफ्तार गरियोस् भन्दै बालुवाटारमा प्रदर्शन



अ+ अ-

काठमाडौं । नेकपाका नेता कमानसिंह लामाको मृत्यु भएको विषय छानविन गर्न र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पदबाट हटाउन आज काठमाडौंमा प्रदर्शन भएको छ । सो प्रदर्शनलाई ध्यानमा राखेर नेकपा स्थायी समितिको बैठक कमानसिंहलाई समवेदना प्रकट गरेर सकिएको छ ।

स्वर्गीय लामा काभ्रे जिल्लाका थिए । काभ्रेका जनताको तर्फबाट आज प्रदर्शन गरिएको हो । नेकपाको स्थायी समिति बैठक बसेको ठाउँ प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा काभ्रेली जनताले ‘कमानसिंहको आत्मालाई न्याय देउ’ भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा काभ्रेली युवाहरुले विभिन्न किसिमका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले नारायणकाजी श्रेष्ठ र उहाँकी अति निकट महिला सुसन कर्माचार्यलाई गिरफ्तार गर्नुपर्ने भन्दै नारा पनि लगाएका थिए ।

कमानसिंह लामाको गत बुधबार राति काठमाडौंको एक अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनु अघि कमानसिंहले नारायणकाजी श्रेष्ठले आफ्नो जिन्दगी खराब गरिदिएको, ऋणमा डुबाइदिएको तथा बर्बाद बनाइदिएको भनेर फेसबुकमा लेखेका थिए ।

नारायणकाजी र उनकी निकट सुसनले आफ्नो अढाई करोड रुपैयाँ खाइदिएको, परिवार बिगारिदिएको भनी कमानसिंहले फेसबुकमा लेखेर खुलासा गरेका थिए । याम्बालिङ हाइड्रोको शेयरको विषयमा उनीहरुको लेनदेन विवाद रहेको थियो । त्यो लेनदेन विवादको विषयमा कमानसिंह र नारायणकाजीबीच भएको कुराकानीको भिडियो पनि सार्वजनिक भएको छ ।

प्रदर्शनकारीहरुले नारायणकाजी र सुसन कर्माचार्यको सम्पत्ति छानविन गर्न पनि माग गरेका छन् । उनीहरुले ‘हेल्लो नारायणकाजी, एउटा झुठ छोप्न सयवटा झुठ नबोल्नुस्’ भन्दै नारा लगाएका थिए । अमित लामा लगायतका युवा नेताहरुको अगुवाईमा भएको प्रदर्शननारावाजी भएको ठाउँमा नेकपाका केही नेताहरु पुगेर ऐक्यवबद्धता प्रकट गरेका थिए ।

प्रदर्शनकारीहरुले हाँडीघोप्टे र उनको पिएको सम्पत्ति छानविन गर भन्दै पनि नारा लगाएका थिए ।

प्रदर्शनकारीहरुले ‘नारायणकाजीलाई पदबाट हटाइयोस्, अरुको सुखी दाम्पत्य जीवन जोगाइयोस्’ भन्ने प्लेकार्ड समेत बोकेका थिए । उनीहरुले नारायणकाजीले अहिलेसम्म ककसलाई विदेश पठाए भन्ने छानविन गरी तिनको दाम्पत्य जीवनको अवस्था बारे बुझियोस् भन्ने माग राखेका छन् ।

प्रदर्शनकारीहरुले नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म र छानविनको प्रकृया सुरु नगरेसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।