काठमाडौं । आईतबार देशभर ८३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५१८१ जनाको पिसिआर परिक्षणमा ८३० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ। प्रवक्ता गौतमले देशभर संक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९४ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १५ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ। हालसम्म १८ लाख ३१हजार ४१ जनाको पिसिआर परिक्षण भएको प्रवक्ता गौतमले बताए ।











