काठमाडौं । आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सरेको छ ।
सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपछि आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।