४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारभरका मानिसहरूले प्रत्येक वर्ष कति बियर पिउने गर्छन्, सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् ?



प्रतीकात्मक तस्बिर
अ+ अ-

एजेन्सी । ‘बियर दिवस’ हरेक वर्ष अगस्टको पहिलो शुक्रबार मनाइन्छ । यस दिनको मुख्य उद्देश्य मानिसहरूलाई बियरको बारेमा सकेसम्म धेरै जानकारी दिनु हो । साथीभाइसँगको पार्टीमा कोल्ड ड्रिंक्स वा चिया, कफी पिउन मन पराउँछन् भने धेरैलाई बियर मनपर्छ ।

बियर पिउनेहरूले यो विशेष दिन ठूलो धूमधामका साथ मनाउँछन् । धेरै शहरहरूमा, यो विशेष दिनमा कार्यक्रमहरू आयोजना गरिन्छ । बियर संसारभरका धेरै मानिसको रोजाइ बनेको छ, तर के तपाईलाई थाहा छ संसारमा हरेक वर्ष मानिसहरु कति बियर पिउने गर्छन् ?

सन् २०२२ मा, किरिन होल्डिङ्स कम्पनी लिमिटेड (किरिन होल्डिङ्स) ले प्रतिवेदन प्रकाशित गर्‍यो, जसमा हरेक वर्ष बियरको खपतबारे जानकारी दिइएको थियो । यस प्रतिवेदनमा १७० ठूला देशहरूमा बियर खपतको बारेमा सबै जानकारी दिइएको थियो ।

यस रिपोर्टका अनुसार विश्वभरका मानिसले १९२.१ मिलियन किलोलिटर बियर पिउने गरेका छन् । यी तथ्याङ्कहरू सन् २०२२ को लागि थिए, जसमा अघिल्लो वर्षको तुलनामा बियरको उच्च खपत रेकर्ड गरिएको थियो । यो अनुमान अनुसार हरेक वर्ष बियर खपतमा लगभग १ प्रतिशत बृद्धि भएको छ ।

वल्र्ड अफ स्ट्याटिस्टिक्सको प्रतिवेदनअनुसार विश्वमा सबैभन्दा बढी बियरको खपत चेक गणतन्त्रमा हुने गरेको छ । यहाँ एक व्यक्तिले एक वर्षमा १४० लिटर बियर पिउने गरेको छ ।

यसपछि यो सूचीमा अस्ट्रिया दोस्रो स्थानमा छ । यहाँ एक व्यक्तिले एक वर्षमा १०७.८ लिटर बियर पिउने गरेको छ । तेस्रो स्थानमा रहेको रोमानियामा एक व्यक्तिले १००.३ लिटर, जर्मनीमा ९९.८ लिटर र पोल्याण्डमा ९७.७ लिटर खपत हुन्छ ।

जहाँ आयरल्याण्डमा हरेक व्यक्तिले एक वर्षमा ९२.९ लिटर बियर पिउने गरेको छ । त्यस्तै, स्पेनमा प्रतिव्यक्ति बियरको वार्षिक खपत ८८.८ लिटर, क्रोएसियामा ८५.५ लिटर र लाटभियामा ८१.४ लिटर छ ।