१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

टीकापुर अस्पतालमा जनशक्ति व्यवस्थापन भएसँगै उपचारमा थप सहज

टीकापुर अस्पतालमा जनशक्ति व्यवस्थापन भएसँगै उपचारमा थप सहज
अ अ+ अ-

भजनी । कैलालीको टीकापुर अस्पतालमा स्वास्थ्य उपचार सेवामा विस्तार भएसँगै उपचारका लागि अन्यत्र गएर स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता कम हुँदै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा विस्तारसँगै उपचारका लागि नेपालगञ्ज, धनगढीलगायत जानुपर्ने बाध्यता कम हुँदै गएको हो ।

टीकापुरका खुशीराम चौधरीले विगतमा जस्तो सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम भएको बताउनुहुन्छ । “पहिला उपचारका लागि जाँदा राम्रोसँग उपचार हुन्थेन । अस्पतालको फार्मेसीमा औषधि पाउने कुरा त धेरै परको कुरा थियो”, उहाँ भन्नुहुन्छ, “अहिले उपचार पनि छ । फार्मेसीमा औषधि पनि । नागरिकहरुलाई ठूलो राहत भएको छ ।”

बर्दिया गेरुवा गाउँपालिकाका जङ्गबहादुर चौधरी बुवाको उपचारका लागि टीकापुर अस्पतालमा आउनुभयो । उहाँले बाहिर गएर पाउने सेवा टीकापुरमा पाउँदा यातायातमा लाग्ने ठूलो रकम बचत भएको बताउनुभयो । अस्पतालमा स्वास्थ्य जनशक्ति व्यवस्थापनसहित उपचारमा सहजता हुँदा दैनिक बर्दियाबाट उपचारका लागि आउनेको स¬ङ्ख्या बढेको बताउनुभयो । “पहिले छिमेकीहरुमा उपचारका लागि नेपालगञ्ज जाने कुरा चल्थ्यो भने आजकाल टीकापुर जाने कुरा चलेको बढी सुनिन्छ”, उहाँ भन्नुहुन्छ, “म आफँै पनि नेपालगञ्ज जाने गर्थे, आजभोलि सामान्य समस्या आयो भने पनि टीकापुर पुग्छौँ ।”

क्षमता भएको व्यक्ति नेतृत्वमा हुँदा काम गर्न समस्या छैन भन्ने कुराको उदाहरण यतिबेला टीकापुर अस्पताल बनेको छ । डेढ वर्ष पहिले अस्पतालमा दुई तीन जना विशेषज्ञले सेवा दिँदै आएको देख्न पाइन्थ्यो । त्यतिमात्र होइन सामान्य बिरामी भएर अस्पताल पुग्दा चिकित्सक भन्दा अगाडि एम्बुलेन्स पुग्ने टीकापुर अस्पतालमा यतिबेला अधिकांश समस्याको उपचार सम्भव भएको छ । अस्पतालले अहिले १० प्रकारको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालसँग १७ जना विशेषज्ञ चिकित्सक छन् ।

अस्पतालमा दुई जना बालरोग विशेषज्ञ, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ तीनजना, एम डी.जि. पि. एक जना, जनरल सर्जरी दुई जना, ऐनेस्थेसिया दुई जना,फिजिसियन दुई जना, नाक, कान, घाँटीको एक जना विशेषज्ञ  चिकित्सकले अस्पतालमा सेवा दिँदै आउनुभएको छ । त्यसैगरी हाडजोर्नीको तीन जना, रेडियोलोजिष्ट एक जना विशेषज्ञ चिकित्सक अस्पतालमा कार्यरत रहेको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताउनुभएको छ ।

उहाँका अनुसार अस्पतालमा आठ जना मेडिकल अधिकृत र दुईजना डेन्टल सर्जनले काम गरिरहनु भएको छ । त्यसमध्ये एक जना बालरोग विशेषज्ञ र एकजना प्रसुति तथा स्त्रीरोग विशेषज्ञ टीकापुर नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ ।

चिकित्सकहरुको व्यवस्थापनसँगै संरचनागत रुपमा पनि अस्पताल बलियो बन्दै गएको छ । सुदूरपश्चिम प्रदेश सरकार र कोइकाको अस्पतालमा ठूलो सहयोग रहेको अध्यक्ष सोडारीको भनाइ छ । “अस्पतालमा सघन उपचार कक्ष साथै भेन्टिलेटर पनि प्रयोगमा ल्याएका छौँ । उपचारका लागि चिकित्सकको व्यवस्थापनसँगै आवश्यक उपकरणको पनि व्यवस्था गर्न सफल भएका छौँ ।“ अध्यक्ष सोडारीले भन्नुभयो, “अब अस्पतालमा सिटिस्क्यान सेवा जोड्न बाँकी छ । त्यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको छ ।”

अस्पतालको आकस्मिक कक्षमा सेवाग्राहीलाई लक्षित गर्दै एसी जडान गरिएको छ । अस्पतालको ओपिडी सेवा ८ बजेदेखि सञ्चालन हुँदै आएको छ । ज्येष्ठ नागरिकलाई लक्षित गरेर शनिबार पनि ओपिडी सञ्चालन अस्पतालले गर्दै आएको छ । “अस्पतालले विकासको एउटा चरण पार गरेको छ । अब भएको जनशक्तिलाई व्यवस्थापन गरेर स्वस्थ्य सेवा दिनसक्यो भने अस्पताल सफल भएको मान्न सकिनेछ”, अध्यक्ष सोडारी भन्नुहुन्छ, “अब सिटिस्क्यान र छाला रोग विशेषज्ञ सेवाका लागि अस्पतालले समन्वय गर्दै आएको छ ।”

चिकित्सकलाई सहज रुपमा काम गर्ने वातावरण बनाउनसके जनशक्तिको समस्या नहुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राई बताउनुहुन्छ । उहाँले छोटो समयमा अस्पताल व्यवस्थापन समितिको इच्छाशक्तिले स्वस्थ्य क्षेत्रमा अस्पतालले ठूलो सफलता हासिल गरेको बताउनुभयो । टीकापुरलगायत आसपासमा छिमेकी पालिका र लुम्बिनी प्रदेशको बर्दिया जिल्लाका र कर्णाली प्रदेशको सुर्खेतबाट पनि अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । स्थानीय छिमेकी पालिकाले सहयोग गर्नसके अझै अस्पतालको स्तर वृद्धिमा सहज हुने अस्पताल प्रशासनको भनाइ छ । रासस