१९ असार २०८३, शुक्रबार
,
Latest
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको समृद्धिका लागि सरकारले निजी क्षत्रेलाई साझेदारका रुपमा लिनुपर्छ– वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

चितवन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका उद्योगी, व्यवसायी सरकारको साझेदार भएको भन्दै निजी क्षेत्रको उन्नति बिना देशका समृद्धि सम्भव नरहेको बताएका छन् । 

रत्ननगर उद्योग वाणिज्य संघको साधारण सभालाई सम्बोधन गर्दै ढकालले भने– निजी क्षेत्रलाई सरकारले एक साझेदारको रुपमा हेर्नुपर्छ र उसका असजिलाहरुलाई फुकाइदिएर देशमा उद्योग व्यवसायमैत्री वातावरण बनाउन मुलुकका तिनै तहका सरकारले भूमिका खेल्नुपर्छ । 

वरिष्ठ उपाध्यक्ष ढकालले तर अहिले सरकारले निजीको अप्ठेरोलाई आफ्नै ठानेर सहयोग गर्न नसकेको बताए । उनले मुलुकका तिनै तहका सरकारहरुले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने तर्क राखे । 

उनले भने– देशका सबै तहका सरकार र सरोकारवालाहरु सबैले जबसम्म निजी क्षेत्रको विकासमा मात्र देशको विकास देख्छ र देशमा उद्योमशीलताका लागि आवश्यक वातावरण निर्माण गरिदिन्छ तबमात्र देश समृद्धिको बाटोमा जान सक्छ । 

उनको तर्क थियो कि देशमा कुनै आयोजना बन्छ भने उद्योगीजस्तै सरकार पनि त्यसको साझेदार हुनुपर्छ, किनभने त्यो आयोजनाले गर्ने मुनाफाको केही प्रतिशत करका रुपमा त राज्यले पाउँछ । त्यहीकारण साझेदारका लागि राम्रो वातावरण बनाउने दायित्व सरकारको पनि रहने उनले बताए । 

स्थानीय, प्रदेश र केन्द्रीय तीनै तहको सरकारले उद्यमीसँग साझेदारले जस्तै गरी हातेमालो गर्ने हो भने तिव्र आर्थिक विकासका लागि धेरै समय नलाग्ने समेत उपाध्यक्ष ढकालले बताए ।

आईएमइ समूहका अध्यक्ष समेत रहेका ढकालले उदाहरण दिँदै भने, ’मलेसियालाई आर्थिक विकासको यो चरणमा पुग्न २०/२२ वर्ष पनि लागेन किनभने त्यसको श्रेय मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदलाई जान्छ । मैले उहाँसँग नेपालमै एक दिन विताउने मौका पाएको थिएँ र त्यस क्रममा सोधेको थिएँ कि मलेसियाले छोटै अवधिमा यति धेरै प्रगति कसरी गर्यो ?

महाथिरको जवाफ थियो– हामीले लगानीलाई सँधै प्रोत्साहन गर्यौं, लगानीकर्तालाई मनोवल र वातावरण दियौँ । आज हामीले त्यसको प्रतिफल पाइरहेका छौं । ’ 
महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले तिव्र आर्थिक विकासका लागि विदेशी लगानीकर्तासँगै स्वदेशी लगानीकर्तालाई पनि प्राथमिकता दिनु पर्ने बताए । स्वेदशी लगानीकर्ताको क्षमता विस्तार गर्ने, उनीहरुलाई उपयुक्त वातावरण दिँदा देशलाई अझ बढि फाइदा हुन्छ, उनले भने । 

वरिष्ठ उपाध्यक्ष ढकालले अहिले पनि परियोजना निर्माण तयारीका लागि मात्रै वर्षौं समय लाग्ने गरेको छ र यसले मुलुकका समग्र उद्यमीहरुलाई प्रात्साहित गर्न सकेको छैन । उनले यो अवस्थामा तत्कालै सुधार ल्याउन र दशेमा व्यवसायमैत्री वातावरण बनाउन तिनै तहका सरकारको सहयोग आवश्यक रहेको बताए । 

उनलले भने स्थानीय सरकारले स्थानीय विषयमा, प्रदेश सरकारले प्रदेशका चासोमा र केन्द्रिय सरकारले लगानीकर्ताका समस्यालाई तदारुकताका साथ समाधान गरिदिने हो परियोजना निर्माणको समय र लागत कम हुने उनले बताए । 

उनले अबको महासंघको नेतृत्व देशका निजी क्षेत्रका सबै प्रतिनिधिमूलक र छाता संगठनहरुको भावना र चाहनालाई समेटेर एउटै आवाजका साथ अघि बढ्ने बताए । 

उनले महासंघको हालै सम्पन्न ५४ औँ साधारणसभा र निर्वाचनपछि अब कार्यसमितिमा या देशैभरिका व्यवसायी साथीहरुबीच पक्ष विपक्ष भन्ने नरहेको आफ्नो उदाहरण दिँदै रत्ननगर उद्योग वाणिज्य संघका व्यवसायीहरुलाई पनि महासंघको जस्तै निर्वाचनपछि पक्ष विपक्षी नराखी एक कार्यसमितिको अवधारणमा काम गर्न पनि आग्रह गरे ।