१९ माघ २०८१, शनिबार
,
Latest
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्छ’



अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्ने बताउनुभएको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७७ को अवसरमा सोमाबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले साहित्य र कलाको माध्यमबाट देशको एकतालाई प्रतिनिधित्व गर्न सकिने बताउनुभएको हो । साहित्य र कलाको माध्यमबाट देशमा जातिय सद्भाव, धार्मिक सहिष्णुता र भौगोलिक एकता कायम राख्न सकिने उहाँको भनाई छ । मान्छेमा हुने आलोचनात्मक चेतलाई सम्मान गर्नपर्ने तर त्यस्ता आलोचनात्मक चेत सिर्जनात्मक, समृद्धि र राष्ट्रिय एकताको लागि हुनुपर्ने पनि उहाँले बताउनुभयो । यस्ता विषयहरुलाई साहित्यको विधामार्फत ल्याएर समाजलाई अगाडि बढाउन सकिने मन्त्री भट्टराईले बताउनुभयो ।

प्राज्ञिक कविहरुले समाजका अग्रगामी विषयहरुलाई कलमको माध्यमबाट उजागर गर्न अझबढी भूमिका खेल्नुपर्ने पनि मन्त्री भट्टराईले बताउनुभयो । प्राज्ञिक व्यक्तिहरुले नै समाजलाई सही मार्गदर्शन दिन सक्ने भएकाले देशको एकता झल्काउने विषयमा कलम चलाउन सुझाव समेत दिनुभयो ।