१९ माघ २०८१, शनिबार
,
Latest
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहन्छ’



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको बताउनुभएको हो । स्थानीय तहको कामकारबाहीमा अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहिन बनाउने भन्ने निर्भर रहेको पनि मन्त्री त्रिपाठीले बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाहमा अथवा चन्दा पुस्कारमा प्राप्त नभएकाले कसैलेपनि समाप्त पार्न नसक्ने दावी समेत उहाँको छ । कोभिडको समयमा स्थानीय तहले गरेको कामकारबाहीबाट नै संघीयता आवश्यक छ भन्ने पुष्टि भइसकेको पनि मन्त्री त्रिपाठीले बताउनुभयो । यस्तै संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएको पनि बताउनुभयो । संविधानले स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार दिएको भएर नै स्थानीयत तहले असाधारण काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका सिङ्गो देशबासिको भएको बताउनुभयो । त्यसैले काठमाडौंको विकासमा सबैको चासो रहेको मेयर शाक्यले बताउनुभयो । काठमाडौंमा स्थायी बासिन्दा भन्दा अस्थायी बासिन्दा धेरै भएकाले काठमाडौंलाई सफा, स्वच्छ, हराभरा, धुलो मुक्त र हिलो मुक्त बनाउन सबैको साथ आवश्यक रहेको पनि मेयर शाक्यले बताउनुभयो ।

महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष आजकै दिन महानगर दिवस मनाउँदै आएको छ । महानगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाएको हो ।