४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्तन क्यान्सर छ कि छैन भनेर पत्ता लगाउने ‘स्मार्ट ब्रा’



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । स्तन क्यान्सर आजभोलि महिलाहरुको लागी एक ठूलो समस्या बनिरहेको छ ।

क्यान्सर जुनसुकै प्रकारको होस्, यो यति खतरनाक र घातक हुन्छ कि सुरुमा यसलाई पत्ता लगाउन धेरै गाह्रो हुन्छ । तर अब भारतमा आईआईटी कानपुरका एक विद्यार्थीले यस क्षेत्रमा नयाँ कीर्तिमान बनाएका छन् ।

आईआईटी कानपुरका एक विद्यार्थीले स्तन क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लगाउन विशेष प्रकारको ब्रा बनाएका छन् । यसलाई स्मार्ट ब्रा भनिन्छ । यो ब्रालाई स्मार्ट ब्रा भनिन्छ किनभने यसले महिलाहरूलाई धेरै मद्दत गर्न सक्छ ।

अनुसन्धानकर्ता श्रेया नायरले बायोसाइन्सेस एण्ड बायोइन्जिनियरिङ विभागका प्रोफेसर अमिताभ बन्दोपाध्यायको निर्देशनमा यो स्मार्ट ब्रा बनाएकी हुन् । समयमै थाहा नपाउँदा स्तन क्यान्सर तीव्र गतिमा फैलिरहेको श्रेयाको विश्वास छ ।

यो रोग पत्ता लाग्दासम्म यो अन्तिम चरणमा रहन्छ । हामी आशा गर्छौं कि यस ब्रा मार्फत हामी यो रोग समयमै पत्ता लगाउन सक्षम हुनेछौं ताकि बिरामीले प्रारम्भिक चरणमा नै उपचार पाउन सकून् । ताकि उनीहरुको ज्यान जोगियोस् ।

तपाईले यो ब्रालाई दिनहुँ एक मिनेटको लागि लगाउनु पर्छ र यदि सेन्सरले केहि असामान्य पत्ता लगाउँछ भने, यसले मोबाइल फोनमा एक सन्देश पठाउँछ । त्यसपछि ती महिलाले डाक्टरलाई देखाउनुपर्छ ।

यो स्मार्ट ब्राको अस्पतालमा परीक्षण भइरहेको छ । यदि यो राम्रो काम गर्दछ भने यो एक वा दुई वर्ष भित्र पसल र बजार मा सजिलै उपलब्ध हुन सक्छ । यसको मूल्य करिब ५ हजार रुपैयाँ हुनेछ ।

यो पूरै परियोजनाको नेतृत्व गरिरहेका प्राध्यापक अमिताभ बन्धोपाध्यायले महिनामा एक पटक चार्ज गर्ने हो भने महिनाभर चल्ने बताए । यो यन्त्रले लगाएको एक मिनेट भित्र अलर्ट जारी गर्नेछ । अहिले अस्पतालमा यसको क्लिनिकल ट्रायल भइरहेको छ । यदि यो यसमा सफल भयो भने यो उपकरण चाँडै बजारमा उपलब्ध हुनेछ।