२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदुतको अभिव्यक्ति आपत्तिजनक: सांसद खान



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदुत छन् सोङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाप्रति निन्दा गर्नुभएको छ ।

मंगलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै खानले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले असार २८ मा त्रिशुली नदीमा खसेको दुई वटा बस र हराइरहेका यात्रुको खोजी गर्न भारतले टोली पठाउँदा चीनले आपत्ति जनाएको भन्दै जनमत पार्टीले निन्दा व्यक्त गर्ने बताउनु भयो । उहाँले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो,‘एउटा मित्र देशले विज्ञ टोलीसहित बस खोज्न सहयोग गर्दा अर्को मित्र राष्ट्र चीनको राजदुतले बसमा सवार मधेसी, मुस्लिम, थारू, दलित समुदायका साथै सम्पूर्ण नेपाली र नेपालीको दु:खमा नुनचुक छर्ने निन्दनीय अभिव्यक्ति एक्समा लेख्नुभएको छ । यसमा नेपाल सरकार गम्भीर हुनुपर्छ । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप कुनैपनि देशको राजदुतले गर्न सक्दैन । नेपाली जनताले सहन सक्दैन ।’

उहाँले चीनका राजदुतले सामाजिक सञ्जाल एक्समा समाचार शेयर गर्दै हराएको बस खोज्न भन्दा पहिला चुम्बक खोज भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक रहेको बताउनु भयो ।