२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा सम्पती राख्न नपाउने कानूनी व्यवस्था गर्नुपर्छ: प्रेम सुवाल



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पती राख्न नपाउने कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सम्पत्तिको सीमांकन र विदेशमा सम्पती राख्न नपाउने कानून बनाउन जरुरी भएको उल्लेख गर्दै सांसद सुवालले सो व्यवस्था भए न्युन ज्याला, खराब कार्यस्थल लगायत अन्य विषयमा हुने हडताल र संघर्षलाई सम्बोधन गर्न सकिनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘धन कुवेरहरुको धन सामाजिकीकरण गर्नुपर्दछ । नेपाल सरकारको राजश्व चालु खर्च धान्न पनि अपुग हुने भएकाले एमाले कम्युनिष्ट र नेका समाजवादी पार्टी भए नेपालीको सम्पतीको सीमांकन र विदेशमा सम्पत्ति राख्न नपाउने कानून बनाउन जरुरी छ । यसले न्युन ज्याला, खराब कार्यस्थल लगायत अन्य विषयमा हुने हडताल र संघर्षलाई सम्बोधन गर्नेछ ।’

सांसद सुवालले धनीहरुको सम्पती सामाजिकीकरण गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।