२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकको आकस्मिक समय: सांसदहरुले के भने ?



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरुले प्रतिनिधि सभा बैठकमा जनसरोकारका विभिन्न विषयमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयहरु राख्नुभएको थियो । त्यस्तै उहाँहरुले जनसरोकारका अन्य विषयहरु पनि समेट्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभा सदस्य जीवन परियारले केही दिनअघि कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं २१ बाट १७ तर्फ आउँदै गएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना भएकोप्रति दु:ख व्यक्त गर्नुभयो । उहाँले विदेशमा जस्तै नेपालमा पनि स्कुल जोनिङको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले पायक पर्ने ठाउँमा मात्रै आफ्ना छोराछोरी पढाउने खालको नीति बनाउनु जरुरी रहेको बताउनु भयो । उहाँले विद्यालय नक्शाङ्कनको नीति लिनुपर्ने बताउनुभयो । त्यस्तै पुराना बसहरु स्कुल बसको रुपमा प्रयोग भएको भन्दै नियमन गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नं। ७ स्थित राप्ती नदिमा तटबन्ध गर्न माग गर्नुभयो । उहाँले बेलैमा तटबन्ध नगरेमा वडा नं। ७ को आधा गाउँ र नरेनापुर गाउँपालिकाका सबै वडाहरु डुबानमा पर्ने र ६० हजारभन्दा बढी जनसंख्या बिस्थापित हुने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले धादिङ जिल्ला अस्पताललाई अमुक पार्टीले आफ्नो पार्टीको बैठक राख्ने स्थल बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले अस्पताल व्यवस्थापनलाई पार्टीको भ्रातृ संगठन बनाएको र कर्मचारीहरुलाई नेताको पावरमा दुई महिना नपुग्दै सरुवा गर्ने गरिएको पनि बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीले ६ महिना अगाडी न्यु एसबि इन्टरनेशनल र अल एमल ओभरसिजलाई साढे २ लाख बुझाएर साउदी अरब पुगेका ३० जना नेपाली नागरिक बिचल्लीमा परेका बताउनु भयो । उहाँले बिचल्लीमा परेका नागरिकलाई नेपाल फिर्ता ल्याउन र ठगि गर्नेलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले सरकारले राजदुत र प्रदेश प्रमुख नियुक्त गर्दा दलित, मधेसी, थारु, मुस्लिम, सिमान्तकृत र पिछडिएको क्षेत्रको नहुनु दु:खद् विषय भएको बताउनु भयो । उहाँले सरकारले संविधानको प्राणमा नै आहुति दिन अग्रसर भएको बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य अम्मरबहादुर थापाले रसियामा भएका नेपालीहरुको उद्धार गर्न त्यहाँ पठाउने दलालहरुलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले मुलुकको गरिबी र बेरोजगारी अन्त्य गर्न राज्यलाई उत्पादनमा लगाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।