२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमालेको गठबन्धन आफूमाथि लागेको भ्रष्टाचारको फाईल रोक्नका लागि हो: सांसद मोदी



अ+ अ-

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले आफूसँग सम्बन्धित भ्रष्टाचारको फाईल बन्द गर्न काँग्रेस–एमालेले नयाँ सत्ता समिकरण बनाएको आरोप लगाउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो । सांसद मोदीले उहाँले संविधान संशोधन गर्ने भनेर सत्तारुढ गठबन्धनले जनतामा भ्रम छरेपनि उनीहरुले आफूमाथि लागेको भ्रष्टाचारबाट मुक्ति पाउने कामलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले गिरिबन्धु टि स्टेट र भूटानी शरणार्थी प्रकरण छानविनको कामलाई वर्तमान सरकारले निरन्तरता दिन्छ कि दिँदैन रु भनि प्रश्न समेत गर्नुभयो । सांसद मोदीले आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा प्रतिपक्षमा रहेर सशक्त आवाज उठाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गिरिबन्धुदेखि भुटानी शरणार्थीसम्मका भ्रष्टाचारका कुराहरु छन् । त्यसको विषयमा पहिलाको सरकारले जस्तै कामहरु निरन्तरता दिन्छ कि दिँदैन रु यसलाई अगाडि बढाउँछ कि बढाउँदैन रु भन्ने महत्वपूर्ण कुरा हो । नेकपा एमाले र नेपाली काँग्रेसले संविधान संशोधन गर्ला जस्तो मलाई लाग्दैन । खाली उहाँहरुले आफूसँग सम्बन्धित भ्रष्टाचारसँग जोडिएका फाईलहरु बन्द गर्नका निम्ति यो गठबन्धन गरेको हो । त संविधान संशोधन गर्ने भनेर जनतामा भ्रमको सृजना गर्न खोजिएको छ । हाम्रो पार्टी आज प्रतिपक्षमा छ । भ्रष्टाचारको अन्त्य नभएसम्म हामी बुलन्द आवाज लिएर जनतामा जान्छौं ।’

सांसद मोदीले सुशासनको पक्षमा दृढतापूर्वक काम गरिएको प्रचण्ड नेतृत्वको सरकारलाई हटाउने काम गरेको भन्दै काँग्रेस–एमालेप्रति आक्रोश पनि व्यक्त गर्नुभयो ।