१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह

जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताउँदै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गर्नुभयो । नेपालमा जापानको निःशर्त र निस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्दै एशियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले पनि जोडिएको बताउँदै नेपाल जापानबीचको सम्बन्ध जनस्तरमासमेत सुदृढ रहेको उहाँको भनाइ थियो ।

उहाँले लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्धमासमेत अन्तर्राष्ट्रिय मञ्चहरुमा एउटै आवाज भएको कारणले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको उल्लेख गर्दै खासगरी पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । नेपाली विद्यार्थीहरुले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकोमा पनि उहाँले सन्तोष प्रकट गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

जापानी प्रतिनिधिमण्डलले जापानी कम्पनीहरुले नेपालमा लगानी गर्न चाहेको हुनाले ती कम्पनीलाई लगानीका लागि सहज वातावरण बनाउन र सुशासन कायम गर्नेतर्फ नेपालको ध्यानाकर्षण गराएका थिए । उनीहरुले जापान पढ्न जाने धेरै नेपालीलाई भेट्दा जापानमाा प्रविधि सिकेर नेपालनै फर्केर त्यसको सदुपयोग गर्न चाहेको बताउँदा खुशी लागेको बताउँदै नेपाल सरकारले त्यस्तो प्रविधि सिकेकाहरुलाई नेपालमै बसेर काम गर्ने वातावरण बनाउन सुझाव दिएका थिए ।

त्यस्तै उनीहरुले आर्थिक गतिविधिका लागि राजधानी काठमाडौँ बनिरहेको अहिलेको परिस्थितिलाई विकेन्द्रीत गरी गाउँगाउँबाट जापान जाने र प्रविधि सिकेर त्यही गएर काम गर्ने वातावरण बनाउन सुझाव दिएका थिए ।