२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हवाई दुर्घटनाका कारण मुलुकको साख नै कमजोर बन्यो’



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हवाई दुर्घटनाका कारण मुलुकको साख नै कमजोर बनेको भन्दै त्यसको कारण पत्ता लगाएर तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकको विशेष समयमा सांसद शिशिर खनालले परीक्षणका लागि कास्कीको पोखरा लैजान खोजिएको सौर्य एयरलाइन्सको जहाजमा अप्राविधिक व्यक्ति किन चढाइएको हो भन्ने प्रश्न गर्नुभयो । उहाँले पछिल्ला दिनमा हवाई दुर्घटनामा वृद्धि भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदस्थ कर्मचारीलाई कुनै जिम्मेवार नबनाइएका आपत्ति प्रकट गर्नुभयो ।

सांसद धवलशम्सेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन र सेवा प्रदायक नछुट्याउँदा समस्या पैदा भएको, मुलुक कालोसूचीमा परेको बताउनुभयो ।

राष्ट्रियसभाले पारित गरेको प्राधिकरणसँग सम्बन्धित विधेयक प्रतिनिधिसभामा पेस हुन नसक्नुको पछाडिको कारण पत्ता लगाउन उहाँको आग्रह थियो । सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका संलग्न उच्च प्रहरी अधिकारीलाई दुई महिना पनि नपुग्दै सरुवा गरिएका कारण के हो भन्ने प्रश्न गर्नुभयो ।

सांसद मेटमणि चौधरीले डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गर्ने उद्योगले महसुल तिर्नैपर्ने बताउनुभयो । उहाँले ठूला व्यवसायीलाई सदासयता देखाउने र साना तथा कमजोरको लाइन काटिने अवस्थाको अन्त्य कहिले हुने होला भन्ने जिज्ञासा राख्नुभयो ।

सांसद रञ्जुकुमारी झाले सौर्य एयरलाइन्सको दुर्घटनाको निष्पक्ष छानबिनको माग गर्नुभयो । “मर्मत गर्नुपर्ने जहाजमा किन असम्बन्धित व्यक्तिलाई चढाइयो ?”, उहाँले प्रश्न गर्नुभयो ।

सांसद अब्दुल खानले पछिल्लो १५ दिनमा हृदय विदारक घटना भएको उल्लेख गर्दै सौर्य एयरलाइन्स र सिमलताल दुर्घटनामा परेका नागरिकप्रति सरकारले विभेद गरेकामा गुनासो गर्नुभयो ।

सांसदद्वय गंगाराम चौधरी र राजकिशोर यादवले पनि बस दुर्घटना र हवाई दुर्घटनामा परेका नागरिकप्रति राज्यले नै विभेद गरेको बताउनुभयो । उहाँले मर्मत सम्भारमा जान लागेको जहाजमा महिला, बालबच्चा किन राखियो भन्ने प्रश्न गर्नुभयो ।

सांसद रामप्रकाश चौधरीले खेतीको समयमा किसानले यथेष्ट मात्रामा रासायनिक मल प्राप्त गर्न नसकेको भन्दै गुनासो गर्नुभयो । सांसद प्रेम सुवालले मुलुकका विभिन्न वेथिती मौलाएको भन्दै जिम्मेवारीमा रहेकालाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । उहाँले डेडिकेटेड र ट्रङ्क लाइनबाट बिजुली प्रयोग गरेका उद्योगलाई कुनै पनि हालतमा छुट दिन नहुने बताउनुभयो ।

सांसद नारायणप्रसाद आचार्यले देशभर अलपत्र परेका विभिन्न विकास आयोजनाको शीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा विकास निर्माणका आयोजना छनोट गर्ने र कार्यान्वयनमा लैजाने गरी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद दामोदर पौडेलले कास्कीको विभिन्न स्थानमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको भन्दै प्रभावितलाई क्षतिपूर्ति र राहतको प्रबन्ध गर्न माग गर्नुभयो ।