३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको आह्वानबाट बनेको यो पहिलो सरकार हो: सांसद ढकाल



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले) का सांसद सूर्यप्रसाद ढकालले वर्तमान सरकार नेपाली जनताको अपिलअनुसार बनेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै आईतवार सांसद ढकालले नेपाली जनताले दुई ठूला पार्टीहरु नेपाली काँग्रेस र नेकपा(एमाले)लाई मिलेर सरकार बनाउन अपिल गरेका बताउनुभएको हो ।

उहाँले दुई ठूला पार्टीको सरकार बन्दा सरकारलाई साथ, सहयोग गर्न जनता तयार रहेका बताउनु भयो । उहाँले वर्तमान सरकारले जनताका मुद्दाहरुलाई सम्बोधन गर्ने बताउनु भयो । उहाँले सरकारले काठमाडौंको जाम कम गर्न भुमिका खेल्नुपर्ने बताउनु भयो । त्यस्तै तत्कालै भूमि आयोग गठन गरेर भूमिहिनहरुलाई लालपूर्जा दिनुपर्ने र २१ लाख युवाहरुलाई ड्राइभिङ लाइसेन्स दिनुपर्ने अहिलेको अवस्था रहेको भन्दै सबैलाई लाइसेन्स दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गरिएका सातबुँदे सहमतीलाई कार्यान्वयन गर्नको निम्ति सबैले सहयोग र साथ दिनको निम्ति नेपाली जनताले अपिल गरेका छन् । नेपाली जनताले अपिल गरेको, जनादेशबाट बनेको पहिलो सरकार हो । सरकार त धेरै बने तर नेपाली जनताले आह्वान गरेर, नेपाली जनताले साथ दिएर, नेपाली जनताको जगको आधारमा बनेको यो सरकारले नेपाली जनताका सानातिना मुद्दाहरुलाई सम्बोधन गर्दै अगाडी बढ्नुपर्नेछ । काठमाडौंको जाम कम गर्न सरकारले भुमिका खेलोस् । संघको अधिकार प्रदेश र स्थानीयलाई दिने हो भने काठमाडौंको जाम खोल्न सकिन्छ । १६ लाख भूमिहिनले जग्गा धनि लालपूर्जा पाउन सकेका छैनन् । अब छुट छैन सरकारलाई । भूमि आयोग गठन गरे जग्गा धनि लालपूर्जा दिन काम अगाडी बढोस् । २१ लाख युवाहरुलाई ड्राइभिङ लाइसेन्स दिन लागोस् ।’

उहाँले वर्तमान सरकार नेपाली जनताको माग र राष्ट्रिय आवश्यकताको जगमा बनेको बताउनु भयो ।