३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.22

Wind: 1.54

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने



अ+ अ-

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्नेआग्रह गरेका प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री लामाको अनुरोध बमोजिम सभामुख भुवनकुमार पाठकले साउन १५ गते मङ्गलवार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।

लामा नेपाली कांग्रेस र एमालेको समर्थनमा ९ साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले शनिबार मात्रै १४ सदस्यीय मन्त्रिपरिषद् बनाएर सरकारलाई पूर्णता दिएका थिए ।