३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै उनले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी ढकालको छ ।

राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको ढकालले दाबी गरेका छन् ।