१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीनदीमा हराईरहेको बसको खोजीकार्यमा प्रयोग गरिएको चुम्बकलाई पानीले बगायो



अ+ अ-

चितवन । सिमलताल स्थित त्रिशूलीनदीमा हराईरहेको बसको खोजीकार्यमा प्रयोग गरिएको १९ किलोको चुम्बकलाई पानीले बगाएको छ ।

भारतीय उद्धारटोलीले खोजीकार्यमा दुईवाट ठूला चुम्बक प्रयोग गरेका थिए । प्रयोग गरिएका मध्ये १९ किलोको चारपाटे चुम्बकलाई त्रिशूलीको पानीले बगाएको हो । घटनास्थल क्षेत्रमा आजदेखि मात्रै चुम्बक प्रयोग गरेर खोजी कार्य सुरु भएको थियो ।

भारतवाट मगाएर खोजी कार्यमा प्रयोग गरिएको उक्त चुम्बक खोज्न उद्दारटोली देवघाट सम्म पुगेको थियो । तर चुम्बक भेटिएन । चुम्बकसँगै लाईफ ब्वाईट्यूब समेत पानीले बगाएको छ ।

भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो ।