५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको शरीर एमालेतिर भएपनि मन हामीसँगै छः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ ।

देउवाको शरीर एमालेतिर भएपनि भावना आफूहरुसँग रहेको जिकिर गर्दै अध्यक्ष नेपालले सत्ता सहकार्य राम्रो मनसायले भएको को कि होइन ? भनेर बुझ्नुपर्ने बताउनुभएको हो । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवालाई आफूले बोलाएको जानकारी दिँदै उहाँले केपी ओलीले नकारात्मक रुपमा लिन्छन कि भनेर उत्तालिएको हुनसक्ने टिप्पणी पनि गर्नुभयो ।

अध्यक्ष नेपालले सत्तारुढ दलप्रति लक्षित गर्दै संविधानमाथि आघात पु¥याउने कुनैपनि सैह्य नहुने बताउनु भयो । उहाँले संविधान संशोधन जस्तो विषयलाई गुपचुपमा गर्न नसकिनेतर्फ पनि काँग्रेस एमालेलाई सचेत गराउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीले व्यापक रुपमा कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि, एकतावद्ध हुनुअघि सहकार्य गर्नका लागि, सकिन्छ भने मोर्चा बनाएर अघि बढ्नका लागि हामी तयार भएर अघि बढ्न जरुरी छ ।

जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टी दुई वटैले समाजवादको कुरा लिँदै अगाडि बढिरहनुभएको छ । माक्र्सवाद, लेनिनवादलाई पनि अंगिकार गर्नु भएको छ । र, वैज्ञानिक समाजवादको यात्रामा जानुपर्छ भनेर भन्नुभएको छ । पृष्ठभूमिको हिसावले पनि उहाँहरु जोडिनुभएको हुनाले हामीले उहाँहरुलाई यहाँ बोलाएका हौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पनि बोलाएका थियौं ।

शेरबहादुरजी आत्तिनुभएको होला । यहाँ आयो भने केपी ओलीले फेरि नकारात्मक रुपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला । हामी बुझ्दछौं यी सबै कुराहरु । यो मुटुको धड्कन अलिअलि बुझिहालिन्छ । त्यसो हुनाले केही फरक पर्नेवाला छैन । शेरबहादुर जी तपाई आउन नपाए पनि तपाईको भावना हामीसँग छ भन्ने ठानेका छौं । शरिर त्यहीँ छ, मन यतापट्टी छ ।

त्यसो भएको हुनाले अहिले नेपालको राजनीतिमा जुन प्रयास गर्नु भएको छ । त्यो राम्रो मनसायले हो कि होइन राम्री बुझनु होला । यो संविधान संशोधन जस्तो विषय गोप्य रुपमा गर्ने हो विषय हो ? अवश्य पनि संविधानका धेरै विषयहरुमा बहसको आवश्यकता छ ।

लगभग १० वर्षको हाम्रो अभ्यासको समिक्षा गर्नुपर्ने आवश्यकता छ । तर गुपचुपमा संविधान संशोधन गर्नेकुरा कति जायज हो ? त्यसो हुनाले मुल कुरा के हो ? संविधान संशोधन, होइन । मुल कुरा अर्कै छ । त्यो के छ नभनि हालौं । त्यसो हुनाले आफ्ना आफ्ना स्वार्थ सिद्धी गर्नका लागि अनेक किसिमको जामा पहिरिए पनि वास्तविक समयमा उजागर हुनेछ ।

हामी जोड के दिन चाहन्छौ भने–नेपाली जनताको ठूलो बलिदानबाट ल्याएको यो संविधानमा आघात पुर्याउने काम नहोस् । यो लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने र मास्ने कुनै पनि खालको काम नहोस् ।’

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई अघि बढाउनका लागि जरुरी रहेको उल्लेख गर्दै त्यसमा पहल गर्र्ने काम आफूले गरिरहेको बताउनु भयो ।




भर्खरै