८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

दुई पटक मिर्गौला फेर्दा पनि हट्टाकट्टा नै छु :प्रधानमन्त्री ओली

दुई पटक मिर्गौला फेर्दा पनि हट्टाकट्टा नै छु :प्रधानमन्त्री ओली
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको विकासले मानिसले अकालमा मर्नु नपर्ने बताउनुभएको छ ।

शनिबार नेकपा एमाले केन्द्रीय कार्यालयमा नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूत पिसाचका कथा सङ्ग्रह लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको विकासले मानिसलाई लामो समयसम्म बाँच्ने बनाएको बताउनुभयो । ‘अबको समय भनेको दीर्घ जीवनको समय हो, स्वास्थ्यका लागि थुप्रै उपचारका कुराहरू हुन्छन्’, ओलीले भन्नुभयो ।

अहिलेको युग उहिलेको जस्तो नभएको ओलीले बताउनुभयो । ‘उहिलेको जस्तो होइन, यहाँ यत्रो विघ्न डाक्टर पढाइएको छ, यत्रो विघ्न अस्पताल खोलिएको छ, यत्रो विघ्न मेसिनसेसिन किनेर ल्याइएको छ, यत्रो विघ्न औषधी छन्’, उहाँले भन्नुभयो ।

आफू इञ्जिनको पार्टपुर्जा फेरे जस्तै दुई पटक मिर्गौला फेर्दा पनि हट्टाकट्टा नै भएको ओलीले सुनाउनुभयो । यो सबै विज्ञान प्रविधिको विकासका कारण भएको उहाँले बताउनुभयो ।

उहाँले साहित्यकार नेत्रप्रसाद गौतम ८० वर्ष पुरा हुनु भए पनि अझै धेरै कृति लेख्ने विश्वास व्यक्त गर्नुभयो । ‘भर्खर ८० वर्ष हुनुभयो, थुप्रै काम गर्न बाँकी छ, थुप्रै कुरा गर्न बाँकी छ’, उहाँले भन्नुभयो ।

नेपाली भूमि साहित्य, कला र संस्कृतिको उर्वर भूमि भएको उहाँले बताउनुभयो । उहाँले नेपाल ज्ञानको उत्पत्ति र विस्तार भएको ठाउँ भएको ओलीले दाबी गर्नुभयो । अनुभवहरू परिष्कृत भएपछि ज्ञान बन्ने उहाँको भनाइ छ । ‘ज्ञान विकास गर्ने, सञ्चित गर्ने र विस्तार गर्ने कार्य धर्तीको यही भूभागमा भएको थियो’, उहाँले भन्नुभयो ।

ओलीले नेपाल साहित्यकारहरूको पनि उर्वर भूमि भएको बताउनुभयो । भानुभक्त, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकारहरू नेपालमा जन्मिएका उहाँले बताउनुभयो ।

रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने साहित्य रचनाकारहरू नेपालमा मात्र भएका उहाँले प्रष्ट पार्नुभयो । त्यस्तो प्रतिभा विश्वमा अन्यत्र नभएको ओलीले स्पष्ट पार्नुभयो ।

नेपाली साहित्य आज माथि उठ्न खोजेको भए पनि कुन बाटोबाट अघि बढ्ने भन्ने बहस चलिरहेको ओलीले बताउनुभयो । यसको लागि वृहत् छलफल आवश्यक रहेको उहाँले सुनाउनुभयो ।