५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा आँधीले तीन लाख मानिस विस्थापित



अ+ अ-

एजेन्सी । चीनमा आएको गेमी आँधीका कारण करिब तीन लाख मानिस विस्थापित भएका छन् । विस्थापितलाई शुक्रबार चिनियाँ अधिकारीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । हावाहुरीसँगै परेको बर्षाले पूर्वी चीनमा बिहीबार सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा पाँच जनाको मृत्यु भएको छ ।

आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण बिहीबार ताईवानका केही सहरी भागहरूमा बाढी र डुबानको समस्या आएको छ ।

फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र बर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ भने यसका कारण २० जनाको मृत्यु भएको छ ।

फिलिपिन्सको मनिलामा बिहीबार १४ लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेपछि ईन्धनको प्रदूषण फैलिनबाट रोक्ने पहलहरू गरिएको छ ।

उक्त ट्याङ्कर बिहीबार बिहान चीनको पूर्वी फुजियान प्रान्तमा जाने क्रममा दुर्घटना भएको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

चिनियाँ अधिकारीहरूले भारी वर्षा र गेमी नाम दिइएको चक्रवातले विपत्ति निम्त्याउन सक्ने चेतावनी बिहीबार नै दिएका थिए ।

उनीहरूले फुजियानमा दुई लाख ९० हजारभन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरेको जनाउदै केही सहरमा सार्वजनिक यातायात, कार्यालय, विद्यालयलगायत बजार बन्द भएको जनाएका छन् ।

छिमेकी झेझियाङ प्रान्तमा चिनियाँ राष्ट्रिय टेलिभिजन सिसिटिभी र अन्य चिनियाँ सञ्चारमाध्यममा शुक्रबार प्रशारण भएका फुटेजमा बाढीका कारण सडकहरू डुबानमा पर्दा सवारी साधन र स्थानीयहरूको यात्रा कठिन बनेको देखिन्थ्यो ।

करिब ९० लाख जनसङ्ख्या रहेको वानझाउ सहरमा बाढी र डुबान जोखिमको चेतावनी जारी गरिएको छ भने सात हजार मानिसहरूलाई स्थानान्तरण गरेको सिसिटिभीले जनाएको छ ।

गेमीले मध्य जियाङ्सी र हेनानमासमेत भारी वर्षा निम्त्याउने सरकारी सञ्चार माध्यामले जनाएको छ ।

चीनको धेरै जनसङ्ख्या भएको प्रान्तमध्ये एक गुआङडोङले शुक्रबार आँधीको चेतावनीपछि केही यात्रुबाहक रेल सेवाहरू स्थगित गरेको सिसिटिभीले जनाएको छ ।

आधिकारिक चिनियाँ मौसम नेटवर्कलाई उद्धृत गर्दै सिसिटिभीले चक्रवात करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिमतर्फ अघि बढिरहेको जनाएको छ । शुक्रबार दिउँसो जियाङ्सी पुग्दा आँधी ‘बिस्तारै कमजोर’ हुने जनाइएको छ ।

समाचार तयार पार्दासम्म चीनमा आँधीका कारण कसैको मृत्यु तथा घाइते भएको खबर भने आएको छैन ।

खराब मौसम, बाढी र डुबानको जोखिमको मौसम पूर्वानुमान निकायहरूको चेतावनीपछि बिहीबार राष्ट्रपति सी जिनपिङको अध्यक्षताको शीर्ष नेतृत्वको बैठकमा अधिकारीहरूले स्थानीय अधिकारीहरूलाई सतर्क र सक्रिय रहन आग्रह गरेका थिए ।