१० भाद्र २०८३, बुधबार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन मन्त्री शाही र भारतीय राजदुत बीच शिष्टचार भेट



अ+ अ-

काठमाडौ—बाताबरण तथा वन मन्त्री ऐनबहादुर शाही र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव बीच शिष्टचार भेट भएको छ ।

शुक्रबार मन्त्रालयमा वन मन्त्री शाही र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव बीच शिष्टचार भेट भएको मन्त्रीका स्वकीय सचिव लेक बिक्रम शाहले जानकारी गराउनु भयो ।

उक्त भेटमा भारतीय राजदुतले दोधारा र चा“दनीमा सुरक्षा चौकी स्थापना गर्न बाताबरणीय अध्यायन भइरहेको मन्त्रलाई जानकारी गराएका छ । उनले भने सुरक्षा चौकी स्थापना गर्ने बिषयमा पहिले नै नेपाल र भारत बीच मौखिक रुपमा सहमति भइसको छ ।

भारतीय सहयोगमा नेपालमा भौतिक पूर्बाधार निर्माण, क्षमता बिकास तालिम जस्ता कार्यक्रम गर्दै आएको र यसलाई थप निरन्तरता दिने श्रीवास्तवले मन्त्री शाहीलाई जानकारी गराए ।

नेपाल र भारतको सिमाना राष्ट्रिय निकुञ्ज रहेको र यसको संरक्षण तथा प्रर्बधनमा दुबै देशको भूमिका आबश्यक रहेको राजदुतको भनाई छ ।

नेपालमा पछिल्लो पटक जलवायू परिर्वतनले गर्दा अनाबिष्ट अतिबिष्टका कारण मानव जातले ठूलो क्षेति ब्यर्होनु परि रहेको अबस्थामा यस प्रतिको जोखिम न्यूनिकरण गर्न छिमेकी राष्ट्र भारतको सहयोग आबश्यक रहेको मन्त्री शाहीले बताउनु भयो ।

मन्त्री शाहीले भने दोधारा र चाँदनीमालाई बाताबरणले पार्ने असर न्यूनिकरणको लागि भारतको सहयोगको अपेक्षा गरेका छौ ।

पिछडिएको हिमाली जिल्ला मुगुमा बिद्यालय भवन निर्माण राराको पर्यटन प्रर्बधन तथा मुगु डोल्फू छायाँनाथ धार्मिकस्थलको बिकासमा भारतको सहयोग अपेक्षा गरिएको मन्त्री शाहीले बताए ।

समुद्री सतह देखि २९ सय २९ मिटर उचाइमा अबस्थित प्राकृति सुन्दरताले भरिपूर्ण रारामा भ्रमण गर्न मन्त्री शाहीले श्रीवास्तवलाई आग्रह समेत गरेका छन । २९ जुलाइमा ललितपुरमा बृक्षारोपणमा उपस्थितको लागि श्रीवास्तवले मन्त्रीलाई निम्तो समेत गरेका छन ।