९ श्रावण २०८३, शनिबार
,
Latest
२४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा यादव



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा डा शिवराम यादव नियुक्त हुनुभएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले उहाँलाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।

सिरहाको सिरहा नगरपालिका–१३ स्थित गम्भरियाका डा यादव मेकानिकल इन्जिनियरिङ् विषयमा विधावारिधि गर्नुभएको छ । यसअघि उमेरहदका कारण आयोगको अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते पदमुक्त हुनुभएको थियो ।

विगत पाँच महिनादेखि लोक सेवा आयोगमा पदाधिकारी विहीन हुँदा कर्मचारी भर्ना तालिका प्रकाशन, परीक्षा सञ्चालन, अन्र्तवार्ता तथा छनौट प्रक्रिया अवरुद्ध भएको थियो । २०७६ भदौ ४मा प्रदेश लोक सेवा आयोगको गठन तथा स्थापना भएको थियो । रासस




भर्खरै