८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो खतरनाक ठाउँमा सय वर्षदेखि कुनै मानिस जान सकेको छैन



अ+ अ-

एजेन्सी । पृथ्वीमा धेरै ठाउँहरू छन् जुन अत्यन्तै सुनसान छन् । केही ठाउँहरू यस्तो पनि छन् जुन रहस्यमय देखिन्छ । त्यस्ता ठाउँहरूसँग सम्बन्धित धेरै डरलाग्दा कथाहरू छन्, जसका कारण मानिसहरू प्रायः त्यहाँ जानबाट टाढा रहन्छन् ।

आज हामी तपाईलाई एउटा यस्तो ठाउँको बारेमा बताउन गइरहेका छौँ, जहाँ विगत १०० वर्षदेखि कोही गएको छैन र यो पूर्णतया सुनसान छ ।

यो ठाउँ यति सुनसान छ कि यहाँ कुनै मानिसको छाया पनि देखिदैन । तर सधैं यस्तो थिएन । वास्तवमा, यो ठाउँ १०० वर्ष पहिले मानिसहरूले भरिएको थियो । तर एक घटना पछि सबै परिवर्तन भयो र अब कोही जाँदैनन् । यहाँसम्म कि जनावरहरूलाई पनि जान निषेध गरिएको छ ।

यो खतरनाक ठाउँ फ्रान्सको उत्तर–पूर्वी क्षेत्रमा अवस्थित छ । यहाँ मान्छे नआउनुको पछाडि एउटा कारण छ, थाहा पाउँदा छक्क पर्नुहुनेछ ।

यो रहस्यमय ठाउँको नाम ‘जोन रुज’ हो । विभिन्न ठाउँमा ‘डेन्जर जोन’ बोर्ड राखिएको छ । गल्तीले पनि कोही नजिक आएमा अगाडि बढ्नु हुँदैन भनी सचेत गराउन यो जडान गरिएको हो । यसलाई ‘रेड जोन’ पनि भनिन्छ ।

भनिन्छ, प्रथम विश्वयुद्धअघि यस क्षेत्रमा नौवटा गाउँ थिए, जहाँ मानिसहरूले खेतीपाती गरेर आफ्नो जीविकोपार्जन गर्थे । तर विश्वयुद्धको समयमा यो ठाउँमा यति धेरै बमबारी भयो कि सम्पूर्ण क्षेत्र ध्वस्त भयो र धेरै मानिसको मृत्यु भयो । त्यसपछि यो ठाउँ बस्नका लागि अयोग्य भयो ।

पूरै क्षेत्रमा ठूलो मात्रामा केमिकलयुक्त युद्ध सामग्री फैलिएकाले यस ठाउँको जमिन विषाक्त भएको बताइएको छ । साथै यहाँको पानी पनि घातक बनेको छ । यो क्षेत्र यति ठूलो छ कि यस क्षेत्रको जमिन र पानीलाई रसायनमुक्त बनाउन सम्भव थिएन । यस्तो अवस्थामा फ्रान्स सरकारले मानिसहरूलाई यहाँ आउन प्रतिबन्ध लगाएको छ ।




भर्खरै