४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश जारी गर्ने प्रक्रिया र विषयवस्तुले संविधानको चिरहरण गर्यो- राप्रपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सचिवालय कार्यव्यवस्था बैठक सम्पन्न भएको छ । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जवरा र डा. प्रकाशचन्द्र लोेहानीको पनि उपस्थिती रहेको थियो । बैठकमा राप्रपाले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने प्रक्रिया र विषयवस्तुले संविधानको चिरहरण गरेको ठहर गरेको छ ।  

त्यस्तै संवैधानिक परिषदमा सभामुखको उपस्थिती नहुनु गैरजिम्मेवारीपुर्ण काम भएको पनि बताएका छन् । त्यैगरी बैठकले संवैधानिक परिषदको उपादेयता समाप्त भएको पनि ठहर गरेको छ । बैठकमा राप्रपाले उखु किसानका मागका बारेमा पनि सरकारको ध्यानाकर्षण गरकएको छ ।

राप्रपाले भनेका छन् किसानले रगत पसिना बगाएर कमाएको रकम मालिकहरुले नदिनु दुर्भाग्यपुर्ण हो । किसानहरुको हित गर्छ भन्ने सरकारको यस्तो व्यहवार भत्सर्नायोग्य र खेदजनक रहेको पनि ठहर गरेका छन् । साथै अब सरकारले सरकारले किसानले पाउनुपर्ने भुक्तानी तत्कालै उपलब्ध गराृन पनि राप्रपाले माग गरेको छ ।