१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सम्पदा पुन:निर्माणमा अपनाइएको परम्परागत विधि अनुसरण योग्य – उपप्रमुख डंगोल

सम्पदा पुन:निर्माणमा अपनाइएको परम्परागत विधि अनुसरण योग्य – उपप्रमुख डंगोल
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले हाँडीगाउँमा पुन:निर्माण भइरहेका सम्पदाहरुको भौतिक अवस्थाको अनुगमन गरेको छ । यस क्रममा धन गणेश परिसरमा रहेको सत्तल र मालीगाउँमा रहेको मैती अजिमा द्यो: छेँ: को निर्माण शैली, शिल्प, निर्माण सामग्री, कला र अमूर्त पक्षहरु हेरिएको थियो ।

अनुगमन समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराई, वडाध्यक्ष वीरेन्द्र प्रजापती, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख, वडा सदस्यसहितको टोलीले अनुगमन गरेको हो । त्यस क्रममा पुननिर्माण भइरहेको सम्पदासँग सम्बन्धित गुठियार तथा पुजारीहरुलाई बोलाइएको थियो ।

पुन:निर्माणको प्रगति हेरिसकेपछि प्रतिक्रिया दिँदै समितिका संयोजक डंगोलले, पुन:निर्माणका लागि उपभोक्ता समिति सक्रिय हुनु सबल पक्ष रहेको बताउनुभयो । ‘नेवा शैलीमा निर्माण भएका सम्पदा काठमाडौँको पहिचानसँग जोडिएका स्मारक हुन् । परम्परागत विधिको पुन:निर्माण शैली अनुकरण योग्य छ ।’

‘पुन:निर्माण योजनामा निर्धारण गरिएको शैलीलाई पछ््याइएको पाइयो । कलात्मक थाम, ढोकामा मौलिक चुकुल र आग्लो बनाइएको छ ।’ आयोगका उपाध्यक्ष राजभण्डारीले भन्नुभयो, ‘यसरी पुन:निर्माण गरिने संरचनाले नेवा: संस्कृतिलाई पुस्तान्तरण गराउँछ ।’

समितिबाट सम्पदा संरचनाको अनुगमन हुन थालेपछि गुणस्तर सुनिश्चित हुन्छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतीले भन्नुभयो, ‘निर्माण पक्षले गलत गर्न पाउँदैन । स्तरमा तलमाथि गर्न पाउँदैन । कुनै कारणले त्रुटि भएको देखिए सच्याउने अवसर हुन्छ ।’

द्यो: छेँ: २०७२ सालको भूकम्पले जीर्ण भएको थियो । यसको पुन:निर्माणका लागि २०७७ मंसिर १३ गतेको साइत बनाएर भत्काउन थालिएको थियो । त्यही महिना (मंसिर) को २६ गते शिलान्यास गरियो । पुस १५ गतेबाट सुरु भएको काम २०७८ मंसिर २८ गते सकिएको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।

द्यो छेँ क्रमागत योजनाअन्तर्गत पुननिर्माण भएको हो । पहिलो चरणमा ६४ लाख १४ हजार रुपैयाँ लागतको काम भएको थियो । लागतको ७ प्रतिशत उपभोक्ता समितिले व्यहारेको थियो । यो कामका लागि ७४ लाख ४७ हजार रुपैयाँ लागत अनुमान गरिएको विभागका प्रमुख कुमारी राईको भनाइ छ ।

दोस्रो चरणको काममा भवनको बाहिरी भागलाई नेवा: शैलीको बनाउने थियो । २०७८ चैत २ गते थालिएको काम सक्नु पर्ने अवधि २०७९ फागुन ३० गतेसम्म थियो । तर काम तोकिएको अवधिभन्दा अगाडि नै अर्थात् २०८० फागुन ६ गते सकियो । ७६ लाख ३१ हजार रुपैयाँ लागत अनुमान गरिएको कामका लागि उपभोक्ताको ५ प्रतिशत लागत सहभागिता रह्यो । यो काम ६६ लाख ९३ हजार रुपैयाँमा काम सम्पन्न भयो ।

तेस्रो चरणको कामका लागि उपभोक्ताबाट महानगरपालिकामा योजना माग भएको छ । यो चरणमा भित्री भागको निर्माण तथा सजावटको काम गर्ने योजना छ ।

यस देव घरमा मैतीदेवी मन्दिरको खट र देउता राख्ने गरिन्छ । मैतीदेवी मन्दिर महानगरको वडा ३० मा पर्छ । हरेक बर्षको तिहारमा पर्ने मैतीदेवी जात्रामा यहाँबाट खट र देवता निकाल्ने गरिएको छ । मैतीदेवीलाई गोरखाको प्रसिद्ध मनकामना देवीकी दिदीका रूपमा पुजिन्छ ।

वडा नं. ५ कै धनगणेश सत्तलको निर्माण कार्य सकिएको छ । २०८० असार २० गतेदेखि थालिएको काम आउँदो असोज ३० गतेभित्र सम्पन्न गरिसक्नु पर्नेमा जेठ २९ गते नै सकिएको, इञ्जिनियर रुपा डंगोलले जानकारी दिनुभयो ।

धनगणेश हाँडीगाउँको भूतेश्वरको उत्तर र पञ्चेधाराको दक्षिणतर्फ छ । सत्तल निर्माणको लागत ७३ लाख ९१ हजार रुपैयाँ हो । यो काम ७२ लाख ११ हजार रुपैयाँमा सम्पन्न भयो ।