१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

धरापमा जडिबुटीको मनोहरा निलो पुल र बुद्धनगरको धोविखोला पुल…

धरापमा जडिबुटीको मनोहरा निलो पुल र बुद्धनगरको धोविखोला पुल…
अ अ+ अ-

काठमाण्डौ । बुधबार राती परेको पानीले मनोहरा नदीमा बाढी आउँदा काठमाण्डौ महानगरपालिका वडा नं ३२ को नरेफाँट र भक्तपुरको लौहकिल्थली मनोहरा फाँट जोड्ने निलो पक्की पुल धरापमा परेको छ ।

बाढीको कटानले मनोहरा नदीको जडिबुटी, नरेफाँटतर्फ पुल किनारको ढुंगाको पर्खाल (ग्याभिन वाल) को केही भाग भत्काएपछि मनोहरा करिडोरको सडक चर्केको थियो ।

निलो पुल किनारको सडक चर्किएपछि बिहीबार विहानैदेखि सो पुलबाट साइकल, मोटरसाइकल लगायत सम्पूर्ण सवारी साधनको अवागमन बन्द गरेर निलो पुलको दक्षिणतर्फ रहेको बेलिब्रिजबाट सवारी आवतजावत गराईएको थियो ।

२०६३÷०६३ सालमा स्थानीय जडिबुटी, नरेफाँट, मनोहरा फाँट, लौहिल्थली, इमोडाल, टिकाथलीका वासिन्दाहरुबाट चन्दा संकलन गरि निर्माण गरिएको १२ फिट चौडाईको सो पुल साँघुरो भएकै कारण एकतर्फिमात्रै सवारी आवागमन सुचारु गरिएको थियो ।
निलो पुल सांघुरो भएका कारण बढ्दो सवारी आवागमनको चाप कम गर्न सो पुलको करीव २०० मिटरको दुरीमा दक्षिणतर्फ केही वर्षअघि बेलिव्रिज राखिएको थियो ।

निलो पुल किनारको ग्याभिन वाल भत्किएर करिडोर सडक चर्किएपछि एकाविहानै बागमती प्रदेशका सांसद सुनिल केसी, स्थानीय समाजसेवी जीवन तामांग घिसिंड, नवराज केसी, प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपि शिवराज बुढाथोकी, नरेफाँट प्रहरी प्रभागका प्रमुख लगायत स्थानीय टोलबासी जम्मा भएर भौतिक क्षति हुनबाट जोगाउन सोे पुलबाट सवारी आवागमन बन्द गराएका थिए ।

यसैगरि काठमाण्डौ महानगरपालिका वडा नं १० को बुद्धनगर र वडा नं ११ को थापाथली जोड्ने धोविखोला माथिको पक्की पुलको पर्खाल चर्किएपछि बुधबार विहानैदेखि सो पुलबाट सवारी साधन र पैदलयात्रुको आवागमन पनि बन्द गरिएको छ । सोमबार र मंगलबार राती परेको पानीको कारण बाढी आएपछि सो पुलको पर्खाल चर्किन पुगेको बताइन्छ ।

बुद्धनगरतर्फ रोजबड स्कुल र थापाथलीतर्फ विनायक शान्ति निकेतन स्कुलको मुल गेट अगाडि रहेको सो पक्की पुलको पश्चिमतिरको सडक किनार र ग्याभिन वाल चर्किएपछि पुलको पर्खाल भत्किन पुगेको थियो ।