• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
Latest
★   भारतको जिरिबाम जिल्लामा झडप हुँदा पाँच जनाको मृत्यु ★   दश जोडीको दाइजोमुक्त सामूहिक विवाह ★   एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता ★   गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण ★   फराकिलो र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ★   नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल ★   उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै ★   सरकारको विरोध गर्नु केही नगरी बहादुरी प्राप्त गर्नु जस्तो भएको छ: केपी ओली ★   काठमाडौं आइपुगे बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी ★   यूएईमा अवैध विदेशीलाई ‘भिसा माफी’: नेपाली कति छन्, कसरी फाइदा लिन सक्छन् ?

धरापमा जडिबुटीको मनोहरा निलो पुल र बुद्धनगरको धोविखोला पुल…



काठमाण्डौ । बुधबार राती परेको पानीले मनोहरा नदीमा बाढी आउँदा काठमाण्डौ महानगरपालिका वडा नं ३२ को नरेफाँट र भक्तपुरको लौहकिल्थली मनोहरा फाँट जोड्ने निलो पक्की पुल धरापमा परेको छ ।

बाढीको कटानले मनोहरा नदीको जडिबुटी, नरेफाँटतर्फ पुल किनारको ढुंगाको पर्खाल (ग्याभिन वाल) को केही भाग भत्काएपछि मनोहरा करिडोरको सडक चर्केको थियो ।

निलो पुल किनारको सडक चर्किएपछि बिहीबार विहानैदेखि सो पुलबाट साइकल, मोटरसाइकल लगायत सम्पूर्ण सवारी साधनको अवागमन बन्द गरेर निलो पुलको दक्षिणतर्फ रहेको बेलिब्रिजबाट सवारी आवतजावत गराईएको थियो ।

२०६३÷०६३ सालमा स्थानीय जडिबुटी, नरेफाँट, मनोहरा फाँट, लौहिल्थली, इमोडाल, टिकाथलीका वासिन्दाहरुबाट चन्दा संकलन गरि निर्माण गरिएको १२ फिट चौडाईको सो पुल साँघुरो भएकै कारण एकतर्फिमात्रै सवारी आवागमन सुचारु गरिएको थियो ।
निलो पुल सांघुरो भएका कारण बढ्दो सवारी आवागमनको चाप कम गर्न सो पुलको करीव २०० मिटरको दुरीमा दक्षिणतर्फ केही वर्षअघि बेलिव्रिज राखिएको थियो ।

निलो पुल किनारको ग्याभिन वाल भत्किएर करिडोर सडक चर्किएपछि एकाविहानै बागमती प्रदेशका सांसद सुनिल केसी, स्थानीय समाजसेवी जीवन तामांग घिसिंड, नवराज केसी, प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपि शिवराज बुढाथोकी, नरेफाँट प्रहरी प्रभागका प्रमुख लगायत स्थानीय टोलबासी जम्मा भएर भौतिक क्षति हुनबाट जोगाउन सोे पुलबाट सवारी आवागमन बन्द गराएका थिए ।

यसैगरि काठमाण्डौ महानगरपालिका वडा नं १० को बुद्धनगर र वडा नं ११ को थापाथली जोड्ने धोविखोला माथिको पक्की पुलको पर्खाल चर्किएपछि बुधबार विहानैदेखि सो पुलबाट सवारी साधन र पैदलयात्रुको आवागमन पनि बन्द गरिएको छ । सोमबार र मंगलबार राती परेको पानीको कारण बाढी आएपछि सो पुलको पर्खाल चर्किन पुगेको बताइन्छ ।

बुद्धनगरतर्फ रोजबड स्कुल र थापाथलीतर्फ विनायक शान्ति निकेतन स्कुलको मुल गेट अगाडि रहेको सो पक्की पुलको पश्चिमतिरको सडक किनार र ग्याभिन वाल चर्किएपछि पुलको पर्खाल भत्किन पुगेको थियो ।