११ फाल्गुन २०८१, आईतवार
February 23, 2025 Sunday

11.27°C

काठमाडौं

11.27°C

Kathmandu

Feels-like: 10.44

Wind: 1.54

Humidity: 76

Latest
सशस्त्र प्रहरीकी इन्सपेक्टर मृत फेला महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे प्रधानन्यायाधीशको नाममा नक्कली ट्विटर आइडी बनाएर प्रचार गरेकाप्रति ध्यानाकर्षण भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक : महासचिव पोखरेल माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित रिङ्कुकुमारी मृत्यु प्रकरण: आठ जना प्रहरी नियन्त्रणमा प्रधानाध्यापकहरुसँग प्रमुख र उपप्रमुखको अन्तरक्रियात्मक संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम शुरु, एउटा शवको पोस्टमार्टम सक्न ४ घण्टा समय लाग्ने



अ+ अ-

काठमाडौं । सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम शुरु गरिएको छ । बुधवार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुमध्ये चार जनाको पोस्टमार्टस शुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।

त्रिविशिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले साँझ ५ बजेबाट सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम शुरु गरिएको बताउनु भयो । उहाँले आज पोस्टमार्टस शुरु गरेका चार जनाको आज नै पोस्टमार्टम सक्ने गरी परीक्षण शुरु भएको बताउनु भयो । उहाँले मृतकहरूको जतिसक्दो छिटो पोस्टमार्टम सक्नेगरी निरन्तरता दिइने बताउनु भयो । उहाँले अस्पताले सकेसम्म ७२ घण्टाभित्र मृतकका आफन्तलाईबुझाउने तयारी रहेको बताउनु भयो ।

उहाँले मृतकहरुको प्राय सबै शरिर जलेकाले पोस्टमार्टममासमय लाग्ने भन्दै परिवारले दिएको विवरण अनुसार सकेसम्म चाडै सक्ने बताउनु भयो । उहाँले अस्पतालमा जनशक्ति थोरै भएकाले पोस्टमार्टमको लागि पाटन अस्पताल,भक्तपुर र पोखराबाट समेत डाक्टरहरुलाई बोलाएको बताउनु भयो । उहाँले एउटा शवको पोस्टमार्टम सक्नका लागि कम्तीमा ४ घण्टा समय लाग्ने बताउनु भयो । उहाँले शव धेरै जलेकाले सकेसम्म चाँडो सक्नेगरी काम अघि बढाएको बताउनु भयो ।

उहाँले शवहरू आफन्तलाई बुझाउँदा ‘कस्मेटिक सर्जरी’ गरिने बताउनु भयो । उहाँले पोस्टमार्टमका लागि शिक्षण अस्पतालका २५ जना चिकित्सकहरू खटिएको बताउनु भयो । उहाँले शुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रुपमा बनेका संकेतहरू (खत, ट्याटु लगायत) हेरिने बताउनु भयो । उहाँले त्यस्ता साइनबाट कुनै पहिचान हुन नसकेको खण्डमा मात्रै डीएनएको प्रक्रियामा जाने उल्लेख गर्नुभयो । उहाँले यदी कुनै शव पहिचान गर्न नसकेर डीएनएको प्रक्रियामा जान परेको खण्डमा कम्तीमा दुई हप्ता लाग्ने बताउनु भयो ।

अस्पताल परिसरमा आफन्त गुमाएका आफन्तहरु भावविह्वल अवस्थामा शव कुरेर बसिरहेका छन् । विमान दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् । घाइते भएका पाइलट मनीषरत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज ९केएमसी० मा उपचार भइरहेको छ ।

न्युज एजेन्सी नेपाल