• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

सौर्य एयरको जहाज दुर्घटनास्थल- फोटो फिचर



काठमाडौं । सौर्य एयरलाइन्सको जहाज मर्मतसम्भारका लागि पोखरा जान क्रममा दुर्घटना भएको छ ।

पोखरामा नियमित उडान नभएको सौर्य एयरलाईन्स पोखरामा बिमानस्थलमा रहेको ह्यांगरमा इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि जाने क्रममा थियो ।

बिमानमा चालक दलका सदस्य , केही प्राबिधिक र अन्य कर्मचारी गरी १९ जना रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जाककारी दिनुभयो ।

सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे २०० कल साईको जहाज बिहान ११ बजे पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।

तस्बिर सौजन्य: नेपाली सेना र आशा थपलियाको फेसबुकबाट