१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पूर्वसहायकमन्त्रीको हत्याको अध्ययन भइरहेको छ: गृहमन्त्री लेखक

पूर्वसहायकमन्त्रीको हत्याको अध्ययन भइरहेको छ: गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्व भूमिसुधार सहायकमन्त्री रामचन्द्र रायको हत्यालाई प्रहरीले सूक्ष्म अध्ययन थालेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ८० वर्षीय रायको हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिनुभएको हो ।

“उहाँको घरमा काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । परिचय खुल्न बाँकी तीन जनाको खोजी भइरहेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सिआइबीबाट सिनियर प्रहरी अफिसर तथा प्राविधिक जनशक्तिसहितको टोली घटनास्थलमा खटिएको छ । यस घटनाबारे सुक्ष्म अध्ययन भइरहेको छ ।”

पूर्वभूमिसुधार सहायकमन्त्री रायको आइतबार राति उहाँकै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।