१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विपद्मा पीडितहरुका लागि सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध गरिएको छ: गृहमन्त्री लेखक

विपद्मा पीडितहरुका लागि सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध गरिएको छ: गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद् पीडितहरुलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नुभएको हो । गृहमन्त्री लेखकले मृतकका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रुपमा अघि बढाइएको बताउनु भयो । विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गरिएको पनि गृहमन्त्री लेखकले बताउनु भयो । उहाँले विपद्मा परी १३० जनाको मृत्यु भएको र घाईते भएका १४४ जना मध्ये ५ जना बाहेक सबै उपचार गरी घर फर्किएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यस वर्षको मनसुन शुरु भएको दिन अर्थात २०८१ जेठ २८ गतेदेखि हालसम्म देशभर विभिन्न प्राकृतिक प्रकोपका १ हजार ५९२ घटनाहरु भएका छन् । जसमध्ये हालसम्म १३० जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन । र, ४८ जना बेपत्ता भएका छन् । त्यसैगरी ५९४ पशु चौपायको नोक्शानी भएको छ । २३१ घर र ८४ गोठमा क्षति पुगेको छ । हालसम्म ४३ वटा सानाठूला पुलहरु बगेका छन, भत्केका छन । र २ वटा सरकारी भवनहरु भत्किएका छन् । यसै क्रममा ४ हजार ४ परिवारहरु बिस्थापित हुने अवस्था सृजना भयो । जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित आश्रय स्थलमा सारिएको छ भने बाँकि आफ्नै घरमा फर्किएका छन । मनसुनजन्य विपद्का कारणले देशका सबै ७७ वटै जिल्ला प्रभावित भएका छन । विपदपछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्दार गर्न सकिएको छ ।

अधिकांश विपदका घटनामा नेपाली सेना समेत खोज र उद्दारमा खटिएको छ । विपद्पछिको राहतका लागि सबै जिल्लामा आवश्यक राहत सामग्रीको प्रवन्ध गरिएको छ । मृत्यु भएका १३० जना मध्ये ४७ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । र बाँकि परिवार राहत रकम पाउने प्रक्रियामा रहेका छन् । त्यसैगरी ४८ जना बेपत्ता भएको स्थिति छ । र नेपाल सरकारले पछिल्लो समयमा बेपत्ता भएका मानिसलाई पनि पत्ता लागेन, खोजी भएन भने त्यस्ता बेपत्ताका परिवारजनलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय गरेको छ । सो निर्णय अनुसार वेपत्ता भएका परिवारहरु पनि राहत रकम पाउने प्रक्रियामा रहेका छन् । घाइते १४४ जनामध्ये ५ जना उपचाररत छन् । बाँकि सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर गईसकेका छन् । ५ जनाको उपचार भईराखेको छ । घाइतेको उपचार प्रबन्धमा तीन वटै तहको सरकार खटेको अवस्था छ । यसैबीच नौ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ

। विभिन्न ठाउँमा प्राकृतिक प्रकोपका कारणले घाइते भएका र समयमा अस्पताल ल्याउन जटिलता भएको स्थितिमा नौ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । यही असार २८ गते चितवन जिल्लाको सिमलताल बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जनामध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । जसमध्ये १९ जना पहिचान भई आफन्तले शव बुझि लगेका छन् भने ५ जनाको पहिचान हुन सकेको छैन । बाँकि ४३ जनाको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल समेतले खोजी कार्य गरिराखेको स्थिति छ । यसैबीचमा पछिल्लो समयमा सरकारले मित्र राष्ट्र भारतलाई पनि खोजी कार्यमा मद्दत गर्नका लागि हामीले आग्रह गरेका थियौं । त्यस अनुसार भारतीय राष्ट्रिय विपदा मोचन बलका मानिसहरु आवश्यक सामग्रीसहित आएका छन् । र हाम्रो र भारतबाट आएको एमडीआएफको टोलीले संयुक्त रुपमा खोजी कार्य गरिराखेको छ । आज बिहान साँढे ८ बजेबाट सिमलतालदेखि घुमाउने केराबारीसम्म खोज तथा उद्धारको कार्य पुन: शुरु गरिएको छ । उक्त खोजी कार्यका लागि दैनिक ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको अवस्था छ ।’

गृहमन्त्री लेखकले चितवनको सिमलतालमा बस दुर्घटनामा परी वेपत्ता भएकाहरुको खोजी कार्यका लागि भारतीय सुरक्षाकर्मी पनि परिचालन गरिएको पनि संसदलाई जानकारी गराउनु भयो ।