१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

माओवादी केन्द्रलाई एमाले सांसद गिरीको प्रश्न: उद्योगीहरुसँग विद्युत महशुल किन असुली गरिएन ?

माओवादी केन्द्रलाई एमाले सांसद गिरीको प्रश्न: उद्योगीहरुसँग विद्युत महशुल किन असुली गरिएन ?
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का सांसद पदम गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले नियम बमोजिम उद्योगीहरुले पनि विद्युत महशुल तिर्नुपर्छ भन्ने अभिव्यक्तिमाथि नेकपा (माओवादी केन्द्र)ले भ्रम छर्ने प्रयास गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले माओवादी केन्द्रका सांसदहरुले उद्योगी व्यवसायीहरुसँग लेनदेन गरेर विद्युत महशुल तिर्न नपर्ने खालको अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिएजस्तो गरी आम जनतामा भ्रम छर्ने खालो अभिव्यक्ति दिएको जिकिर गर्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

सांसद गिरीले विगत ८/१० वर्षयता अधिकांश समय ऊर्जा मन्त्रालय माओवादी केन्द्रले सम्हालेको उल्लेख गर्दै सो समयको विद्युत महशुल किन असुल गर्न नसकेको भन्दै प्रश्न गर्नुभयो । उहाँले केही आर्थिक लेनदेनका लागि डेडिकेटेड लाईन र ट्रंक लाईनको महशुलमा बार्गेनिङ गरेर माओवादी केन्द्रले उद्योगीहरुमाथि अनुचित लाभ लिन खोजेको पनि विगतमा देखिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०७२ सालेदेखि ८–१० वर्षयता हाम्रो ऊर्जा मन्त्रालय प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सम्हालीरहेको छ । जनार्दन शर्मा, महेन्द्रबहादुर शाही, कमल थापा, वर्षमान पुन, टोपबहादुर रायमाझी, अनि केही समयका लागि शरतसिंह भण्डारी बन्नुभयो । त्यसपछि पम्फा भुसाल, त्यसपछि ३ महिना राजेन्द्र लिङदेन मन्त्री बन्नुभयो । त्यसपछि फेरि शक्तिबहादुर बस्नेत निरन्तर मन्त्री बन्नुभएको छ । करिव ८/१० वर्षको अवधिमा उहाँहरुले निरन्तर निरन्तर ऊर्जा मन्त्रालयको जिम्मेवारी लिईरहनुभएको छ । तर दुभाग्र्य के छ भने सभामुख महोदय, आज उद्योगी व्यवसायीहरुले उपभोग गरेको ट्रंक लाईन र डेडिकेटेड लाईनको नाममा २२ अर्व भन्दा बढी भुक्तानी लिनुपर्नेछ भन्ने विद्युत प्राधिकरणको निर्देशन बमोजिम आज त्यो भुक्तानी नदिएको भनेर केही उद्योगीहरुको लाईन काटने काम भएको छ ।

म यतिखेर सम्माननीय सभामुखमार्फत सिंगो संसदको ध्यानाकर्षण गराउन चाहन्छु–प्रधानमन्त्रीज्यूले के भन्नु भयो रु यदि कुनैपनि उद्योगी, व्यवसायीहरुले नियम बमोजिम राज्यलाई तिर्नुपर्ने शुल्क तिरेको छैन भने त्यो अनिवार्य तिर्नुपर्छ । त्यसमा इफ र बट भन्ने हुँदैन । तर कुनै आग्रह पूर्वाग्रह राखेर, कुनैपनि किसिमको स्वार्थ पूरा नभएको कारणले उद्योगी व्यवसायीको हुर्मत लिने हिसावले यति पैसा दिनुपर्छ, होइन भने दिँदैनौं भन्छ भने त्यो अधिकार कसैलाई पनि हुँदैन । यस्तो हुनु भनेको सशासन होइन भन्ने आशयका साथ सम्माननीय प्रधानमन्त्रीज्यूले यस्ता काही समस्या छन भने संवादको माध्यामबाट समाधान निकालौं । तर आज हामीले उत्पादन गरेको विद्युतले बजार नपाउने अवस्था छ । अर्कोतिर विद्युत नपाएर केही उद्योगीहरुले आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था छ । यो भन्दा दुर्भाग्यपूर्ण अवस्था अरु के हुन सक्दछ रु त्यसकारण यो समस्याको तत्काल समाधान गर्नुपर्छ भनेर सम्मानीय प्रधानमन्त्रीज्यूले भन्नु भयो । त्यस विषयलाई लिएर सम्माननीय सभामुख महोदय आज जुन किसिमको प्रमुख प्रतिपक्ष दलका माननीयहरुले कोकोहोलो मच्चाउनु भयो । म केही विषयहरु राख्न चाहन्छु ।’

सांसद गिरीले वर्तमान सरकारले नियम बमोजिक सबै उद्योगीहरुसँग विद्युत महशुल लिने पनि बताउनु भयो ।