५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस दिएको विषयलाई सांसदले नजरअन्दाज गर्न मिल्दैन: सांसद केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजन केसीले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा।वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिएको भन्ने विषयमा संसद मौन बस्न नहुने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गर्नुभयो । उहाँले संसदको रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले पाँच हजार घुस दिएँ भन्दै उठाएको विषयमा सभामुखबाट किन रूलिङ नभएको रु भन्दै प्रश्न गर्नुभयो । उहाँले पाँच हजार घुस दिएको विषय संसदले नजरअन्दाज गर्न नमिल्ने बताउनु भयो । उहाँले उक्त विषयमा सभामुखबाट रूलिङ हुन्छ भन्ने आश भएपनि नभएको गुनासो गर्नुभयो । उहाँले पूर्वमन्त्री तथा सांसदले पनि घुस दिनुपर्ने अवस्था भए आमनागरिकको अवस्था के होला ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘संसदमा पूर्वमन्त्री तथा सांसदले अध्ययनको प्रमाणपत्र प्रमाणित गर्न ५ हजार घुस दिनुदिएको विषयलाई संसदले नजरअन्दाज गर्न मिल्दैन । सभामुखले रुलिङ गर्न आवश्यक थियो । तर भएन । घुस खाएको विषय संसदमा बोल्दा समेत संसद मौन बस्नु हुँदैन । अहिले पनि घुस लिनेहरु खुला रुपमा खाईरहेका छन् । मुलुकका हरेक कार्यालयहरुमा दलालहरु छटपटीरहेका छन् । यसको कारणले मुलुकको राजश्व अत्यन्तै कमजोर छ । आर्थिक वर्ष २०८०/०८१मा १४ खर्ब राजश्व संकलनको लक्ष्य राखेको थियो । जसमा १० खर्ब ३० अर्ब मात्रै राजश्व संकलन भएको छ । यो भ्रष्टाचारको कारण भएको छ । आम्दानी भन्दा बढी खर्च भएपछि मुलुक आर्थिक रुपमा कहाँ जान्छ । मुलुकमा भएका युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने भएपनि मुलुकमा समृद्धि भन्दा पनि केवल साधरण खर्च बढाएर अदोगतितिर लैजाने प्रयास हुँदैछ । म सरकारलाई पाँच हजार घुसका सम्बन्धमा तत्काल सम्बन्धित मन्त्रीहरु र प्रधानमन्त्रीलाई रुलिङको लागि माग गर्दै संसदलाई तीन दिनभत्रि जानकारी गराउन माग गर्दछु ।’

उहाँले मुलुकमा भ्रष्टाचार बढेको कारणले राजश्व संकलनमा समेत गिरावट भएको बताउनु भयो । उहाँले सरकारको आम्दानी भन्दा खर्च धेरै भएकाले आर्थिक रुपमा शिथिल बन्न पुगेको बताउनु भयो । उहाँले अब सरकारले मुलुकमा भएका युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक भएको बताउनु भयो ।