१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ओशोधारा नेपालले मनायो गुरूपूर्णिमा उत्सव

ओशोधारा नेपालले मनायो गुरूपूर्णिमा उत्सव
अ अ+ अ-

काठमाडौँ: साउन ६ गते परेको गुरूपूर्णिमा कार्यक्रम ओशोधारा नेपालले भव्यरूपमा सम्पन्न गरेको छ। विगत २४ वर्षदेखि स्थापना भएर ध्यान, साधना, प्रज्ञा र कलाकौशललाई वैज्ञानिक र व्यवहारिकताकासाथ कसरी जीवनमा उतार्ने त्यो कला सिक्दै र अनुभूतिमा उत्रिदै आएको ओशोधारा परिवारले परमगुरू ओशो र समर्थगुरू सिद्धार्थ औलियाप्रति श्रद्धा र भक्तिभाव प्रकट गर्दै गुरूपूर्णिमा उत्सव सम्पन्न गरेको छ।

केवल परमगुरू ओशो र समर्थगुरू सिद्धार्थ औलिया मात्र होइन समस्त बुद्ध चेतनाले ओतप्रोत आदिगुरू भगवान शिव, भगवान, कृष्ण, भगवान राम, भगवान बुद्ध लगायत गुरूजनप्रति भक्तिभाव र श्रद्धा प्रकट गरिएको थियो। कसैको प्रवचन र श्लोक नक्कल गर्दैमा अनि बस्त्र धारण गर्दैमा गुरू बनिदैन किनकी गुरू व्यक्ति र संस्था मात्र नभएर संवुद्ध चेतनासंग साक्षात्कार भईसकेको दिव्यता हो। शिष्यलाई जीवनमा सम्हालिने कला दिने दिव्य चेतना नै गुरू हुन्। त्यसैले कुनै वस्त्र र मन्त्र धारण गर्दैमा, कुनै संस्था खोलेर प्रवचन दिएर हिंड्दैमा गुरू बनिने छोटो मार्ग कुनै इतिहासमा छैन।

गुरू आन्तरिक साधनाबाट निखारिएर औंशीको रातमा चम्किने चन्द्रमा हो। परमगुरू ओशो स्वयं भन्नुहुन्छ-घना औंशीको रातमा पनि चन्द्रमा बनेर प्रकाशको आभाष दिने गुरूले जीवनका सबै अन्धकाररूपी मार्गलाई छिचोल्दै स्वयंमा सम्हालिन मद्धत गर्दछन्। संसारमा भएका सबै धर्म ,गुरु र चेलाको सम्बन्धलाई एउटा महाकाव्यको रुपमा हेर्न सकिन्छ। असार पूर्णिमाको चन्द्रमा बादलले घेरिएको आकाशमाथि हुन्छ, प्रस्ट देख्न सकिन्न । किन खुल्ला आकाश देखिने शरदको पूर्णिमालाइ गुरु पूर्णिमा नमानेको होला ? यसमा पक्कै गहिरो रहस्य लुकेको हुनुपर्दछ । असार पूर्णिमाको चन्द्रमालाई बादलले घेरेको जस्तै शिष्यहरुले गुरुलाई घेरेर गुरु बिचमा चन्द्रमा र शिष्य वरिपरी बादलको रुपमा प्रस्तुत गरेको हुनुपर्दछ ।

गुरु पूर्णिमा र शिष्य असार अनि दुबैको मिलन यसतर्फ पनि यसको इशारा हुनसक्दछ । बादल विना वर्षात, सूर्य विना विहानी सम्भव नभए जस्तै सद्गुरू विनाको जीवन पनि सम्भव छैन। धेरैलाई अपत्यारिलो लाग्न सक्छ गुरू हुनैपर्ने जरुरत छ र ? हो यो प्रश्न, मानिसमा अनुशासन हुनैपर्ने जरूरत छ र ? भने जस्तै प्रश्न हो। खुसी हुनुपर्छ? जीवनलाई सार्थक बनाउनुपर्छ ? जीवन धन्यताकासाथ बाँच्नु पर्छ ? ध्यान, समाधि, सुमिरन जरूरत छ ? भनेजस्तै हो। र, गुरूपूर्णिमा प्रत्येक मनुष्यको जीवनमा एउटा उत्सवको क्षण हो। सूर्य छ,चन्द्रमा छ, फूलका लालिमाले सुगन्ध छरिरहेको छ, बादल । वर्षात छ, औंशीको रातमा पनि हरियाली छाइरहेको अनुभूति छ, गोविन्द आफ्नो लिला चलाईरहेको छ। यहि नै गुरूपूर्णिमाको महत्व हो।

सृष्टिका सबै प्राणीमा सबैखाले सम्बन्ध सबैसंग हुन्छ तर गुरू शिष्यको सम्बन्ध केवल मनुष्यमा मात्र हुन्छ त्यसैले यो अवसर आफ्नो जीवनमा जसले गुमाउँछ उसले सम्हालिएर जिउन पाउंदैन। मानिस एक्लै उठ्छ, जाग्छ, निदाउछ, भड्किन्छ, उत्तेजित हुन्छ या त वितृष्णामा पुग्छ तर जब उसको साथमा जिवन्त गुरू छ भने सन्तुलनको जीवन बाँच्न उसलाई सहज हुन्छ। र, जोसंग श्रद्धा भाव हुन्छ उसले नै सद्गुरू भेट्छ सबैको बशको विषय पनि होइन गुरू भेट्ने र सद्गुरूको पहिचान गर्ने। चाहनाले मात्र गुरू भेटिन्न त्यो त वर्षौंको साधना, भक्तिभाव, प्रेमभाव र सद्भावको प्रतिफल हो गुरू भेट्नु र गुरूसंग टिक्नु। सहज छैन शिष्य बन्न किनकी सारा अहंकार गुरूमा समर्पित गरिदिएर खाली हुन जो पायो त्यसको क्षमताको कुरा होइन।

काठमाडौँ, भक्तपुर, मंगलापुर, जनकपुर लगायत नेपालका धेरै स्थान र भारत एवं अन्य देशमा पनि ओशोधाराका साधकहरूले भव्यताकासाथ गुरूपूर्णिमा मनाएका थिए। काठमाडौँमा आचार्य डा प्रद्युम्नराज पाण्डे, आचार्य ई अनन्त विष्ट, आचार्य डा नम्रता पाण्डे, आचार्य डा गोपाल भट्ट, आचार्य पूजारी लगायतले गुरूसंग जोडिएपछिको जीवनमा आएको रूपान्तरणको अनुभव बताउदै ध्यान र उत्सवका सत्रहरू संचालन गरेका थिए।

सनातन धर्ममा देवतासम्म पुर्याउने गुरूको महिमालाई आत्मसात गर्दै आइएको छ। त्यसैले त सन्त कविरले भनेका थिए- ‘सब धरती कागज करूं, लिखनी सब बन राय। सात समुद्र की मसि करूं, गुरु गुण लिखा न जाया॥ यो सबै धर्तीलाई कागज मानेर, सात समुद्रलाई मसी मानेपनि गुरूको गुण र महत्वलाई वर्णन गर्न सकिन्न। त्यसैले भन्न सकिन्छ गुरू त्यो दिव्य चेतना हो जसलाई केवल अनुभूतिमा उतार्न सकिन्छ उसको सानिध्यमा रहेर गरेको साधना विधिबाट।

मूल ध्यान गुरु रूप है, मूल पूजा गुरु पांव।
मूल नाम गुरु वचन है, मूल सत्य सतभाव॥
गुरू व्यक्ति होइन, धर्म होइन, शास्त्र होइन। गुरू ध्यानको मूल रूप हो, पूजाको मूल रूप गुरु चरणको आराधना हो। मूल नाम गुरुको वचन हो, मूल सत्यलाई साक्षात्कार गर्दै सत्यको जिज्ञासा राख्ने मध्यम नै गुरू हो।
गुरु बिन ज्ञान न उपजै,
गुरु बिन मिलै न मोष।
गुरु बिन लखै न सत्य को,
गुरु बिन मिटै न दोष॥

गुरू विना ज्ञान सम्भव छैन,मोक्ष सम्भव छैन, सत्यको साक्षात्कार सम्भव छैन र गुरू विना हाम्रो दोष मेटाउनेवाला पनि कोहि छैन। गुरूको आज्ञा मान्नुको तात्पर्य हो जीवनलाई अनुशासित बनाउदै, प्रेमल, भक्तिभाव, करूणा भाव र श्रद्धाभावमा जिउनु हो। गुरूले कुनै कठिन मार्ग सिकाएको हुँदैन, हरेक साधना पद्दतिको उद्देश्य सरल, सहज, प्रेमल, शान्ति, प्रिती र उमंगमा जिउन सिकाउने हो।

गुरु शरणगति छाडि के,
करै भरोसा और।
सुख संपती को कह चली,
नहीं नरक में ठौर॥

गुरूको निर्देशन भनेको मानवताको पहिचान दिएर मानव भएर जिउन सिकाउनु हो। जसको गुरू छैन र जसले गुरूको आज्ञा मान्दैन उसको मार्ग भड्किन सक्छ, अड्किन सक्छ र द्विविधाको जीवन बाँच्न बाध्य हुनेछ। गुरू सहारा हो, भरोसा हो, विश्वास हो अनि स्वाभिमानको प्रतिक हो। जसको गुरू छ त्यो शिष्यले गुरूको यहि जीवनशैलीबाट आफ्नो जीवनको सन्तुलनता कायम गरेको हुन्छ।

समर्थगुरू सिद्धार्थ औलिया भन्नुहुन्छ बजारमा भेषधारी गुरूले दिने वाचक ज्ञानले नगद अनुभूतिमा लैजान्न। वाचक ज्ञानले संसारको व्यापारलाई मात्र मद्धत गर्न सक्दछ। सनातन धर्मलाई अघि बढाउने सद्गुरूको पहिचान गरी गुरू शिष्यको सम्बन्धमा संसार र अध्यात्मलाई स्न्तुतित गर्ने व्यक्ति नै विवेकशील व्यक्ति हो। गुरू आफ्ना शिष्यलाई उसको जीवनमा आउने हरेक चुनौतीलाई सामना गर्ने साधना दिन्छ, सामर्थ्य दिन्छ, भरोसा दिन्छ र विश्वास दिन्छ। पूरा गुरू, सद्गुरू, ओमकारको दीक्षा दिएर जीवनलाई धन्य बनाउने गुरूको सानिध्य पाउनु सौभाग्यको कुरा हो।अध्यात्मको मन्जिलमा पुर्याउने, धर्म र स्वभावलाई सनातनसंग जोड्ने चैतन्य नै गुरू हो।

त्यसैले त भनिएको छ –
गुरु समान दाता नहीं,
याचक सीष समान।
तीन लोक की सम्पदा,
सो गुरु दिन्ही दान॥

जीवनको लागि आवश्यक रहस्यात्मक कुंजी केवल गुरूले दिन सक्छन्। गुरू भएर के हुन्छ भनेर प्रश्न र तर्क गर्नेलाई केवल भन्न सकिन्छ- जीवनमा गुरू नभएर के भएको छ ? जो गुरूको हुन सकेन ऊ कसको हुन सक्छ ? अर्थात् जो मनुष्य जन्मजात दिव्य चेतनासँग जोडिएर आएको छ जीवनमा गुरू र अध्यात्मको ज्ञान छैन भने उसको जीवन निरस र वितृष्णाको नभएर के हुन्छ त ?

वर्षौं वर्ष तर्क र प्रश्नको माध्यमबाट, अनुसन्धान र अनुष्ठानबाट जीवनको अर्थ र शास्वतता जान्न खोज्नेलाई गुरूले क्षणभरमा जीवन रहस्य र गुह्य रहस्य बताइदिएको हुन्छ। निराकर्प्र्ती जागृत हुने कला र साधना, योग र भोगलाई सन्तुलनमा राख्ने कला र साधना, सही र सत्यताको मार्गमा लाग्ने कला गुरूले बताईदिन्छन्।थोरै मात्र समझ र जीवनको सार्थकता बुझ्नेले गुरूलाई आफ्नो जीवन आधार बनाएको हुन्छ र उसकै स्मृतिमा संसारका हरेक कर्मलाई कर्मयोगसंग जोडेर, अपेक्षारहित भएर सुन्दर ढंगले स्वीकारको जीवन बाँचेको हुन्छ। जो निगुरा छ उसले जीवनलाई संघर्ष र कथामा सिमित गरेको हुन्छ। सकारात्मक भन्दा नकारात्मक कथा उसका विषयवस्तु बन्न पुग्दछन्।

गुरूर्ब्रह्मा गुरूर्विष्णुः गुरूर्देवो महेश्वरः ।
गुरूर्साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः ।।