१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएकै समयमा सम्पन्न हुनेगरी अगाडी बढेको छ: प्रधानमन्त्री ओली

एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएकै समयमा सम्पन्न हुनेगरी अगाडी बढेको छ: प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको बताउनुभएको छ ।

।
सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएको समय पाँच वर्ष भित्रै सम्पन्न हुनेगरी काम अगाडी बढेको बताउनुभएको हो ।

उहाँले सम्झौता अनुरुप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको जानकारी दिनुभयो । उहाँले एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तिय योजना ढाँचा कार्यान्वयन हुने पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘एमसीसी सम्झौता अनुरुप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समय पाँच वर्षभित्रै सम्पन्न गर्नेगरी कार्ययोजना स्वीकृत भई सोही अनुसार कार्य अगाडी बढेको छ । आयोजनाको सबस्टेशन निर्माणको लागि ठेक्का सम्झौता समेत भइसकेको छ । ट्रान्समिशन लाइनको सम्बन्धमा एउटा खण्डको सम्झौता हुने चरणमा पुगेको छ । बाँकी काम तिब्र रुपमा अगाडी बढेको छ । एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तीय योजना ढाँचा कार्यान्वयन हुनेछ । प्रस्तुत आयोजना सम्पन्न भएपश्चात् नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष योगदान पुग्नेछ भने सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुने समेत जानकारी गराउन चाहन्छु ।’

उहाँले एमसीसी परियोजनामार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष योगदान पुग्ने तथा सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुने बताउनु भयो ।