२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशुली दुर्घटनामा हराएका हरुको खोजी गर्न १९७ सुरक्षाकर्मी परिचालन: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली यात्रु बस दुर्घटनामा हराएकाहरुको खोजी गर्न १९७ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले असार २८ गते त्रिशुलीमा भएको यात्रु बस दुर्घटनामा परेर हराएकाहरुको खोजी कार्य जारी रहेको बताउनुभएको हो ।

उहाँले खोजी कार्यमा नेपाली सेनाका १४ जना, नेपाल प्रहरीका ५६ जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जनागरी १९७ जना सुरक्षाकर्मीले खोजी कार्य गरिरहेका जानकारी दिनुभयो । त्यस्तै ५ जना भारतीय गोताखोर पनि परिचालन गरिएको उहाँले बताउनु भयो । हराएका ६२ जनामध्ये हालसम्म २५ जनाको शव फेला परेको उहाँको भनाई छ । जसमध्ये १८ जनाको सनाखत भएको र ७ जनाको सनाखत हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले नदीले बगाएका शवहरु भेटिन सक्ने सम्भावित स्थलहरु चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वी चम्पारणसम्म खोजी कार्य भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बस दुर्घटना भएको स्थल र सो को आसपासको क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाई खोजी कार्य गरिएको छ । नदिले बगाएका शवहरु भेटिन सक्ने सम्भावित स्थलहरु चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वी चम्पारण सम्म खोजी कार्य भइरहेको छ । धमिलो पानी, नदिको उच्च वहाव गति र ३०/४० मिटर गहिरो नदीको कारण खोजी कार्यमा अपेक्षित सफलता मिल्न सकेको छैन । तथापी उपलब्ध प्राविधिक उपकरण, जनशक्तिको सम्पूर्ण सामथ्र्य प्रयोग गरी सुरक्षा निकाय परिचालन र स्थानीय प्रशासनले स्थानीय नागरिकहरु समेतको सहयोगमा खोजी कार्यमा निरन्तरता दिएको छ ।’

उहाँले खोजी कार्यमा स्थानीय नागरिकहरु समेत संलग्न भएका बताउनु भयो ।