१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

भारतसँगको सीमासम्बन्धि समस्या समाधानका लागिसक्रियतापूर्वक पहल हुन्छ: प्रधानमन्त्री ओली

भारतसँगको सीमासम्बन्धि समस्या समाधानका लागिसक्रियतापूर्वक पहल हुन्छ: प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र कुटनीतिमार्फत भारतसँगको सीमासम्बन्धि समस्या समाधान गर्न नेपाल सरकार दृढ र प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले लिपुलेक, लिम्पियाधुरा लगायतको नेपाली भूभाग नेपालको नक्शामा समेटिए पनि नेपालको मातहत कहिले आउँछ ? भनि प्रश्न गर्नुभएको थियो । त्यसको जवाफ दिँदै उहाँले सो समस्या समाधानका लागि नेपाल सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनु भयो ।

सुगौली सन्धि, विभिन्न नक्शा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतको आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कुटनीतिमार्फत समाधान गर्ने नेपाल सरकारको निरन्तर अडान र प्रतिवद्धता रही आएको उल्लेख गर्दै उहाँले त्यसका लागि आफ्नो सक्रिय पहल रहने बताउनु भयो । प्रधानमन्त्री ओलीले यसबीचमा दुवै देशका प्रधानमन्त्रीबीच हुने गरेको विगतका भेटवार्ताहरुमा पनि सीमा सम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरुमार्फत समाधान गर्नेगरी अगाडि बढने समझदारी भएको स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको अन्तराष्ट्रिय सीमाको सम्बन्धमा संघीय संसद, नेपाल सरकार र सबै नेपाली स्पष्ट र दृढ रही आएका छौं । नेपालको संविधानको मिति २०७७/३/४ मा भएको दोस्रो संशोधनमार्फत नयाँ नक्सा समेटी संविधानको अनुसूचि ३ मा राखिएको तथा सीमा सम्बन्धि विषयमा हामीबीच अभूतपूर्व राष्ट्रिय सहमती रहेको छ । सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा नेपाल सरकार दृढ र स्पष्ट रहेको छ । उच्चस्तरीय भ्रमणको अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा समेत सीमा सम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरुमार्फत समाधान गर्नेगरी अगाडि बढने समझदारी भएको छ ।’

‘गत २०८० साल पुस १९ मा सम्पन्न परराष्ट्र मन्त्री स्तरीय नेपाल भारत संयुक्त आयोगको सातौ बैठकमा समेत सीमानाको विषयमा छलफल भएको र नेपाल भारत सीमाको बाँकि खण्डमा काम छिटो भन्दा छिटो सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त भएको छ । नेपाल भारत सीमा कार्य समूहबाट नेपाल भारत सीमानामा सीमा स्तम्भहरुको निर्माण, पुनस्थापना र मर्मतका साथै दशगजा एवं क्रस होल्डिङको लगत तयार गर्ने जस्ता प्राविधिक कार्यहरु निरन्तर रुपमा हुँदै आएका छन । दुई पक्षीय अनुकूलतामा यसका बैठक सुचारु गर्ने पहल भइराखेको छ । सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतको आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कुटनीतिमार्फत समाधान गर्ने नेपाल सरकारको निरन्तर अडान र प्रतिवद्धता रही आएको छ । सोही अनुरुप हाम्रो सक्रिय पहल रहने कुरा म स्पष्ट पार्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले गत २०८० साल पुस १९ मा सम्पन्न परराष्ट्रमन्त्री स्तरीय नेपाल भारत संयुक्त आयोगको सातौ बैठकमा समेत सीमानाको विषयमा छलफल भएको र नेपाल भारत सीमाको बाँकि खण्डमा काम छिटो भन्दा छिटो सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त भएको पनि बताउनु भयो ।