२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलक्षित माधवको टिप्पणीः सत्ता प्राप्तिका लागि खेलोफड्को गर्नु उचित होइन



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ काँग्रेस–एमाले गठबन्धनको औचित्य पुष्टि हुने कुनै आधार नभएको बताउनु भएको छ ।

आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राख्नुभएको विश्वासको मत सम्बन्धि प्रश्ताव माथिको छलफलमा भाग लिँदै उहाँले मध्य रातमा दुई दलले अपारदर्शी ढंगबाट बनाएको नयाँ गठबन्धनको संकेत राम्रो नभएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै सत्ता प्राप्तिका लागि अनेकौं खेलोफड्को गर्ने काम किमार्थ स्वीकार्य नहुने बताउनु भयो । अध्यक्ष नेपालले संसदीय व्यवस्थामा दुई ठूला दल मध्ये एउटा दलले सरकारको नेतृत्व गर्ने र अर्को दलले प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्नेमा दुवै दल मिलेर सरकार बनाउने कुरा उचित नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सत्ता प्राप्तीका लागि अनेकौ खेलोफड्को गर्ने अनि राजनीतिक अस्थिरताको दोष व्यवस्थालाई दिनेकुरा किमार्थ उचित होइन । फ्रान्सको एक मिडियाले नेपाललाई राजनीतिक अस्थिरताको विश्व च्याम्पियन भनेर समाचार छापेको छ । हो सो मिडियाले भनेजस्तै हामी पछिल्लो १४ वर्षमा १५ औं प्रधानमन्त्रीले राख्नु भएको विश्वासको मत सम्बन्धि प्रश्तावमा छलफल गर्दैछौं । तर मनसुन, बाढी, पहिरो र डुवानले हार गुहार गरिरहेका जनताप्रति बेखवर जस्तै छौं । पीडितको उद्दार, राहतमा अहोरात्र खटिनुपर्नेमा आज हामी के गरिरहेका छौं ? ठिक यस्तो बेला सरकारको परिवर्तन गर्नु आवश्यक थियो कि थिएन ? जनताले प्रश्न गरेका छन– संसदीय लोकतन्त्रमा प्रतिनिधि सभाको पहिलो र दोस्रो दलको सरकार विरलै देख्न पाईन्छ ।

एउटाले सरकारमा रहँदा अर्कोले प्रमुख प्रतिपक्षको रुपमा सरकारको खवरदारी गर्नुपर्ने हुन्छ । मध्यरातको अपारदर्शी सम्झौताबाट बनेको यो अप्राकृतिक गठबन्धनको उद्देश्य र औचित्यलाई कसरी पुष्टि गर्न सकिन्छ ? पक्कै पनि यो कुनै राम्रो संकेत देखिँदैन ।’

अध्यक्ष नेपालले जनता विपदमा हारगुहार गरिरहेका बेला नयाँ सरकार बनाउनुपर्ने आवश्यकता किन पर्यो भनि प्रधानमन्त्री ओलीलाई प्रश्न पनि गर्नुभयो ।